शुक्रबार , फागुण २१, २०७७

कामपाको आठौँ अधिवेशन : तीन वटा विधेयक पारित

कामपाको आठौँ अधिवेशन : तीन वटा विधेयक पारित

८ माघ, काठमाडौं ।  काडमाडौं महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक—२०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक—२०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक—२०७७’ रहेको छ ।

बुधबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ती विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधनसमेत गरेको छ । सातौँ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये शीर्षक मिलाउनुपर्ने, स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने कार्यक्रमलाई वार्षिक बजेट सीमामा फरक नपर्ने गरी बजेट संशोधन गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैठकबाट लेखा समितिको प्रतिवेदन पनि पारित भएको छ । समितिले प्रतिवेदनमा वित्तीय सुशासन, नियमितता, मितव्ययिता, कार्यदक्षता, पारदर्शिता, प्रभावकारिताका विषय समावेश गरेको छ । अधिवेशनमा नगरसभा सदस्यहरूले थालिएका तर रकम अभावका कारण यही आवमा कार्य सम्पन्न हुन कठिन योजनाका लागि थप रकमको व्यवस्था गर्न, योजना अनुगमन गर्न, राजस्वको दायरा बढाउन, धुँवा धुलोमुक्त शहर बनाउने प्राथमिक योजनाका समस्या पहिचान गरेर नियमित गर्न सुझाव दिएका छन् ।

बैठकमा प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा एक इञ्च पनि जमिन नमिचिएको भन्दै यसको बारेमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राप्रपाद्धारा महाधिवेसनका लागि केन्द्रीय निर्वाचन समिति गठन राप्रपाद्धारा महाधिवेसनका लागि केन्द्रीय निर्वाचन समिति गठन ३ दिन पहिले
कुमारी बैंकका ग्राहकलाई यी होटलमा विशेष छुट कुमारी बैंकका ग्राहकलाई यी होटलमा विशेष छुट ५ दिन पहिले
ओलीलाई गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न पूर्वउपकुलपतिहरूकाे आग्रह ओलीलाई गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न पूर्वउपकुलपतिहरूकाे आग्रह २ दिन पहिले
साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ ५ दिन पहिले
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट ११ घण्टा पहिले
दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए १३ घण्टा पहिले
तीनकुनेमा कारकाे ठक्करबाट विद्यार्थी घाइते तीनकुनेमा कारकाे ठक्करबाट विद्यार्थी घाइते ५ दिन पहिले
सिटिजन्स बैंकका ग्राहकहरुले ए.ए.स.जी.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट पाउने सिटिजन्स बैंकका ग्राहकहरुले ए.ए.स.जी.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट पाउने १ दिन पहिले