सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि कक्षा सञ्चालन
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १७:५७:५०
८ माघ, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो ।
विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र सङ्काय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताए । उनका अनुसार स्नातक छैटौ र आठौ सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।
बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविको नियुक्तिलाई लिएर ६६ जना प्राज्ञले भेटे प्रधानमन्त्री
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार