शुक्रबार , फागुण २१, २०७७

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

८ माघ, सप्तरी । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नंको मोटरसाइकल आज दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए । दुवै शव परीक्षणका लागि लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागी उपचारार्थ छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

धितोपत्र बजार पूँजीकरण साढे ३४ खर्ब नाध्यो धितोपत्र बजार पूँजीकरण साढे ३४ खर्ब नाध्यो ४ हप्ता पहिले
एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, स्थिरीकरण कोष प्रभावहीन एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, स्थिरीकरण कोष प्रभावहीन २ हप्ता पहिले
नेपाली व्यङ्ग्य क्षेत्रका अग्रज कलाकार मुखिया र पाँडे सम्मानित नेपाली व्यङ्ग्य क्षेत्रका अग्रज कलाकार मुखिया र पाँडे सम्मानित ४ हप्ता पहिले
आन्तरिक पर्यटन पुनरुत्थान समितिकाे अध्यक्षमा विकास खनाल   आन्तरिक पर्यटन पुनरुत्थान समितिकाे अध्यक्षमा विकास खनाल   ४ हप्ता पहिले
पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्कर कारवाहीमा पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्कर कारवाहीमा ३ दिन पहिले
दाहाल नेपालको विरोधसभाले आम नागरिकलाई सास्ती दाहाल नेपालको विरोधसभाले आम नागरिकलाई सास्ती ३ हप्ता पहिले
म्युजिक कम्पनी र गायक-गायिकाबीच ट्याक विवाद बढ्दै, आयस्रोत बारे छानविन हुँदै म्युजिक कम्पनी र गायक-गायिकाबीच ट्याक विवाद बढ्दै, आयस्रोत बारे छानविन हुँदै ४ हप्ता पहिले
ललितपुर प्रहरीको ठुलो सफलता, ३० लाखसहित जुवाडे पक्राउ ललितपुर प्रहरीको ठुलो सफलता, ३० लाखसहित जुवाडे पक्राउ २ हप्ता पहिले