तीन लघुवित्तको शेयर लिलामीमा बिक्री, कुनको कति ?
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १९:३०:४९
८ माघ, काठमाडौं । एनआईसी एशिया बैंकले स्वमित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आज (बिहीवार)देखि लिलामीमा विक्री खुला गरेको छ ।
बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुलि लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले फागुन १२ गतेसम्म आवेदन गर्न सक्नेछन् । आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य ५२३, महुली सामुदायिक लघुवित्तको ८१२ र मेरो माइक्रोफाइनान्सको ४६३ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।
विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यो सूचना प्रकाशित भएको ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरेको कम्पनीले जानकारी गराएको छ ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने र अधिकतम कित्ताको लागि कुनै हद लाग्ने छैन ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ भने आवेदकले एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली र यस बैंकका शाखा कार्यालयहरु विराटनगर मोरङ, आदर्शनगर वीरगञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवण पथ बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रचोक सुर्खेतबाट बोलपत्र बुझाउन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार