आर्यन ‘डिसेम्बर फल्स’ लिएर सुटिङमा निस्किए
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १९:१७:५९
७ माघ, काठमाडौं । काेराेना भाइरसकाे महामारीपछि हल खुलेसँगै सुटिङमा आधा दर्जन फिल्म निस्किएका छन् । माघ लागेसँगै धमाधम सुटिङ भैइरहेको छ। सरकारले हल खोल्ने अनुमति दिएसँगै दोधारमा रहेका निर्माता फिल्म क्षेत्र पहिलेकै लयमा फर्कने अनुमानसहित मैदानमा फर्किएका हुन् ।
यतिबेला आधा दर्जनभन्दा बढी फिल्म फ्लोरमा छन् । यसमध्ये केही फिल्म भने पहिलेको रहल पहल सुटिङ सक्न पनि सुटिङमा निस्किएका छन् । एउटा भरपर्दो हिटको खोजीमा रहेका आर्यन सिग्देल ‘डिसेम्बर फल्स’ लिएर सुटिङमा निस्किएका छन् । उनले गत सोमबार पोखराको विन्ध्यवासिनीमा पूजा गर्दै सुटिङ थालेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत,शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ । प्रेम कथामाथि आधारित यो चलचित्रलाई प्रविन झाले निर्देशन गर्ने छन भने छायाकार महेश आर गुप्ता हुन । यी दुवै भारतीय चलचित्रमा काम गरिसकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन् ।
यस्तै ‘हिजो आजका कुरा’ रिलिजको पर्खाइमा रहेकी ऋचा शर्मा यतिबेला ‘कमेडी च्याम्पियन’मा निर्णायकको कुर्सीमा रहेर कमेडियन छानिरहेकी छिन् । यही समयमा ऋचा आफूले निर्माण गरेको फिल्म ‘कौसीद’को सुटिङ गरिरहेकी छिन् । आमाको वर्ष दिनको कामका कारण आफू ब्रेकमा रहे पनि उनले फिल्मको सुटिङ मेलम्चीमा भइरहेको जानकारी गराइन् । ऋचाले यो फिल्मको सुटिङ २० दिनमा सक्ने लक्ष्य राखेकी छिन् । भोला सिलवाल र ऋचाको मुख्य भूमिका रहेको यो फिल्म माघ १ देखि फ्लोरमा गएको हो ।
यस्तै यतिबेला ‘तिम्रो मेरो साथ’को सुटिङ पनि धमाधम भइरहेको छ । ‘रेड वाइन’बाट नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ बनेको यो फिल्मको काठमाडौंका विभिन्न लोकेसनमा सुटिङ भइरहेको छ । कलाकार तथा प्राविधिकलाई निर्माण टिमले होटलमै राखेर स्वास्थ्य सुरक्षा सावधानीसहित सुटिङ गराइरहेको छ । रमेश एमके पौडेलको निर्देशन रहेको फिल्ममा पुष्प खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ ।
अर्को आकाश श्रेष्ठ र रेखा शाहको मुख्य भूमिका रहेको ‘हिड्दा हिँड्दै’को पनि काठमाडौंमा धमाधम सुटिङ भइरहेको छ । सलोन बस्नेतसमेत महत्वपूर्ण भूमिकामा अभिनय गरिरहेको यो फिल्म काठमाडौंको सेड्युल सकाएर उदयपुर जाने योजनामा छ । फिल्मलाई मिलन आले मगरले निर्देशन गरिरहेका छन् ।
दसैँअघि नै फ्लोरमा गएर पनि काम नसकिएका फिल्म पनि यतिबेला फ्लोरमा छन् । जस्तो ‘आइ एम ट्वान्टी वान’को सुटिङ दसैँ अघि नै सुरु भएको थियो । तर, दसैँ तिहार र जाडो बारेको फिल्म अन्तिम सेड्युलका लागि फ्लोरमा निस्किएको छ । फिल्मको यतिबेला पाटनमा सुटिङ भइरहेको छ । रेनशा बान्तवा राईको निर्देशन रहेको फिल्ममा धिरज मगर र जसिता गुरुङको अभिनय छ ।
‘आइ एम ट्वान्टी वान’जस्तै ‘परदेशी २’को पनि बाँकी भागको सुटिङ भइरहेको छ । यो नारायण रायमाझीको निर्देशन रहेको फिल्ममा प्रशान्त तामाङ, प्रकाश सपुत केकी अधिकारी र वर्षा सिवाकोटीको अभिनय रहेको छ । फागुनदेखि जेठ अन्तिमसम्मको समय निर्माताले सुटिङका लागि रुचाउने समय हो । यसबेला सुटिङ भएका फिल्म साउनदेखि दसैँतिहारको समयमा रिलिज हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार