सोमबार , फागुण २४, २०७७

विप्लबका मोरङ सेक्रेटरी शिक्षक हत्या आरोपमा नियन्त्रणमा

विप्लबका मोरङ सेक्रेटरी शिक्षक हत्या आरोपमा नियन्त्रणमा

८ माघ, मोरङ । मोरङ प्रहरीले नेकपा विप्लब समूहका जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित पक्राउ गरेको छ । विकलाई प्रहरीले गत मंसिर २३ गते मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको अभियोग रहेको मोरङ प्रहरीले जनाएको छ ।

केही दिनदेखि यहाँका उद्योगी व्यवसायीहरुलाई धम्क्याएर चन्दा उठाइरहेको भन्ने सूचनाका आधारमा उनलाई हतियारसहित चन्दा उठाउँदै हिँडेको थाहा पाएपछि घेरा हालेर हिजो ‘बुधबार’ दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका ४ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीका व्यक्ति भएको पनि प्रहरीले जनाएको छ । आफूलाई डिबी सिलवाल बताउने उनी मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका मुख्य आरोपी पनि हुन् । प्रहरीले विकको साथबाट एक थान पेस्तोल, ३ राउण्ड गोली, चार वटा मोबाइल र सिमकार्ड बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय