अन्नपूर्ण आधार शिविर जान पीसीआर रिपोर्ट नचाहिने
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार १९:४७:१४
८ माघ, गण्डकी। अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पीसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पीसीआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो ।
समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । “हामीले केही समयअघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौँ”, उनले भने, “अब कोरोना सङ्क्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पीसीआर रिपोर्ट अलि झन्झटिलो महसुस गरी समितिले यस्तो निर्णय लिएको हो ।”
आधार शिविर आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन समितिले भनेको छ । पदमार्गअन्तर्गत देउरालीसम्म होटल पूर्णरूपमा खुलेको त्यहाँबाट माछापुच्छ्रे आधार शिविर दुई घण्टा र अन्नपूर्ण आधार शिविर थप आधा घण्टामा पुग्न सकिने उनले जानकारी दिए। अहिलेका अवस्थामा अन्नपूर्ण आधार शिविरसम्म पुगी देउराली आएर बास बस्न सकिने सचिव गुरुङको भनाइ छ ।
यही हप्ताभित्रमा माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा पनि होटेल खुलाउने तयारी गरिएको समितिले जनाएको छ । आगामी फागुनबाट कामदारसमेत फर्किएपछि अन्नपूर्ण आधार शिविर पूर्णरूपमा खुल्ने र हालका लागि आधार शिविर पुगी देउरालीसम्म फर्केर बस्ने व्यवस्था मिलाइएको छ । देउरालीबाट आधार शिविरसम्म जानका लागि स्थानीय पथप्रदर्शक व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार