
८ माघ, रुकुम । रुकुम पश्चिमको राडीबजारमा लगाइएको निषेधाज्ञा हटेकाे छ । जिल्लाकाे आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको हाे ।
आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
प्रतिक्रिया