प्रतिनिधिसभा पुनःस्थापना गर्न प्रेस संगठनकाे माग
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २०:१३:५६
८ माघ, काठमाडौं । प्रेस संगठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि प्रहार भएको ठहर गर्दै सो कदम सच्याई पुनःस्थापना गर्न माग गरेको छ ।संगठनको दोस्रो राष्ट्रिय भेलाले १९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध दृढतापूर्वक उभिने प्रण गरेको छ ।
भेलाले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हित एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका सञ्चार सम्बद्ध सबै सङ्घसङ्गठनसँग मोर्चाबन्दी गर्ने सङ्कल्प पनि गरेको छ । भेलाले समाचार लेखेका आधारमा सञ्चारमाध्यमको नामै उल्लेख गरेर हालै सर्वोच्च अदालतले दिएको चेतावनीपूर्ण वक्तव्यप्रति दुःख व्यक्त गरेको छ ।
यसैगरी भेलाले विश्वव्यापी महामारी कोभिड–१९ बाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन माग पनि गरेको छ । स्थानीय, साना लगानीका तथा स्वरोजगारमुखी मिडिया प्रवद्र्धनका लागि स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन तथा स्थानीय तहबाटै मिडियाको दर्ता, नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास वितरण र बीमाको व्यवस्था मिलाउन आग्रह गरेको संगठनका संयोजक महेश्वर दाहालले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रममा पत्रकारका लागि सूचना विभागको प्रेस प्रतिनिधि परिचयपत्रका आधारमा सरकारी अस्पतालमा ५० प्रतिशत उपचार खर्च सहुलियत उपलब्ध गराउने घोषणा गरिएकामा अझै कार्यान्वयनमा आउन नसकेको भनी भेलाले दुःख व्यक्त गरेको छ । भेलाले देशको सङ्कटपूर्ण राजनीतिक अवस्था र नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनलाई ध्यान दिएर यही माघभित्र प्रेस संगठनका सबै प्रदेशको भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार