चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २०:२४:२५
८ माघ, काठमाडाैं । देशभर चिसो बढेको छ । भने देशका विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ । तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ ।
जाडोको समयमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तर, विशेषज्ञका अनुसार चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान पुर्याउँछ । तातोपानीमा हुने केराटिनले छालाका कोषहरु मार्ने भएकाले यसले छाला चिलाउने, सुख्खा हुने र छालामा विभिन्न प्रकारका दागहरु पैदा गर्ने गर्छ ।
तातोपानीले नुहाउँदा मात्र होइन धेरै गर्मी कपडा लगाउँदा पनि नोक्सान पुग्छ । यसले शरीरलाई धेरै तातो बनाउने हुँदा समस्या आउने गर्छ ।चिसोले शरीरमा रोग प्रतिरोधात्मक प्रणालीले सेतो रक्त कोशिकाहरु निर्माण गर्ने र यसले शरीरलाई विभिन्न प्रकारका इन्फेक्सनबाट बचाउँछ । तर शरीरमा तापक्रम बढी भयो भने यसले काम गर्न सक्दैन ।
यसैगरी, जाडोमा धेरै खानेकुरा पनि खानुहुँदैन । गर्मीको मौसममा भन्दा जाडोमा खाना पाचन हुने प्रक्रिया कमजोर हुन्छ । त्यसैले, चिसो मौसममा फाइबर भएको खानेकुरा तथा फलफूल धेरै सेवन गर्नुपर्छ । साथै, थोरै मात्रामा चिया वा कफिको सेवन गर्नुपर्छ । धेरै क्याफिन भएको पेयपदार्थले पनि शरीरलाई नोक्सान पुर्याउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुने वाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार