
माघ ८, काठमाडाैं । दोश्रो बजारमा आज पनि सकारात्मक प्रवृत्तिमा रहेको छ । नेप्से परिसूचक ३१ दशमलव ८७ अंकले वृद्धि हुँदै २३७४ दशमलव ६४ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ३६ प्रतिशतले वृद्धि भएकोमा ७ अर्ब ७९ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २३७२ को विन्दुमा खुलेकोमा २३७६ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २३५४ रहेको छ ।
आजको बजारका सकारात्मक गतिविधि :
आजको बजारको ईण्ट्राडे प्रवित्ति हेर्दा बढ्दो ट्रेन्डमा रहेको छ । बजार खुलेपछि धेरै बढ्दै र थोरै करेक्सन हुँदै अघि बढेको थियो । हिजोको सामान्य प्रतिरोध २३६५ को क्षेत्रलाई बजारले तोड्न सफल भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कोरोना कहर बीच पनि आकर्षक वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै आएका छन् । हालसम्म ५ वटा कम्पनीले वित्तीय विवरण प्रकाशन गरेकोमा सबैले सन्तोषजनक वित्तीय विवरण प्रकाशन गरेका छन् ।
आजको बजार वृद्धिलाई कारोवार रकमले साथ दिदै आएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
प्रतिक्रिया