१६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २१:४३:११
८ माघ, काठमाडौं । गत महिनामा मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको प्रतिवेदनअनुसार सबैभन्दा ८८ वटा (५३ प्रतिशत) घरेलु हिंसा घट्ना रहेका छन् ।
यसैगरी २८ वटा, बलात्कार, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुव्र्यवहार, चार हत्या, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अपराधलगायतका घटना रहेको ओरेकको तथ्याङ्क छ । ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका ९१३९० तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त २६ तथ्याङ्कका आधारमा १६५ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।
उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५७ जना १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना २६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् ।
यसैगरी प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७२ हिंसाका घटना श्रीमान्बाट भएको छ भने ३५ वटा हिंसाको घटना छिमेकीबाट र ३२ वटा परिवारका अन्य सदस्यवाट भएको पाइएको छ । तथ्याङ्क हेर्दा महिला हिंसा सबैभन्दा बढी सङ्ख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए। यस किसिमको हिंसाले महिला जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गरेको बताउँदै उहाँले घरेलु हिंसा तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार