शनिबार , फागुण २२, २०७७

आज थप ३३६ जनामा संक्रमण, चार जनाको मृत्यु

आज थप ३३६ जनामा संक्रमण, चार जनाको मृत्यु

८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन सय ३६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार ३० जनामा पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ६७ हजार ६ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल तीन हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्लो २४ घन्टामा चार जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय