फेरि आन्दोलन गर्ने उखु किसानकाे तयारी
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २३:२०:३३
८ माघ, काठमाडौं । सरकारले सम्झौताबमोजिम भुक्तानी उपलब्ध नगराएको भन्दै उखु किसानहरूले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सम्झौताअनुसार २१ दिन पूरा भए पनि भुक्तानी नपाएकाे उनीहरूकाे गुनासाे छ ।
उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ मा २१ दिनभित्र बक्यौता भुक्तानी गराउने सम्झौता भएको थियो । माघ ५ गते नै २१ दिन पुगिसकेको छ । उद्योगीहरूले कबुल गरेको ६५ करोडमध्ये ५७ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।
बाँकी ८ करोड रुपैयाँ मन्त्रालयमा प्राप्त भएको छ । सम्झौतामा उल्लेख भएको समय सिमा समाप्त भैइसकेको तर हाल सम्म पनि उखु किसानहरुको सम्पूर्ण रकम भुक्तानी गराउन नसकेको किसानहरूको भनाइ छ ।
हालसम्म मन्त्रालयले कुन किसानहरुले कति रकम उद्योगी बाट भुक्तानी पाउनु पर्ने र कति रकम भुक्तानी पाईसकेको किसानहरुको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन सकेको छैन । विवरण सार्वजनिक नहुँदा मन्त्रालयले दिएको मौखिक सूचनाबाट सन्देह, शंका तथा उपशंका उब्जिएको उखु किसान संघर्ष समितिले बताएको छ ।
समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हामी किसानहरु विश्वस्त हुन सकिरहेका छैनौं । मन्त्रालयले हामीसँग किसानहरुले के(कति रकम भुक्तानी पाउनु पर्ने सो यकिन विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ् । सो विवरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।ु
किसानले भुक्तानी पाउनु पर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खातामार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवम् स(प्रमाण विवरण तत्काल सार्वजनिक नगरे सम्म न्यायीक संघर्षको आन्दोलन जारी रहने उनीहरूले बताएका छन् । उनीहरूले माघ १० गते देखि फाल्गुण २१ गते सम्म आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार