७२ विद्यालयमा एकैदिन, एकैपटक चुनिदै व्यवस्थापन समिति
नेपालबहस संवाददाता
माघ ८, २०७७ शुक्रबार ०:५५:२८
८ माघ, स्याङ्जा । वालिङ नगरपालिकाले माघ ९ गते नगरभित्र रहेका सामुदायिक विद्यालयमा व्यवस्थापन समिति चयन गर्ने भएको छ । नगरपालिकाले एकैदिन एकैपटक नगरभित्र रहेका ७२ बटा आधारभुत र मावि विद्यालयमा व्यवस्थापन समिति चयन गर्न लागेको हो ।
३ बर्षे कार्यकालका लागि वालिङ नगरपालिका अन्तर्गतको शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति चयन गर्नका लागि तयारी भएको जनाएको छ । ९ गते हुने अभिभावक भेलाले २ जना महिलासहित ४ जना चुन्ने छन् ।
जसका लागि वालिङ नगर शिक्षा शाखाले छनोट सहयोग समिति समेत निर्माण गरिसकेको शिक्षा शाखा प्रमुख तथा उपसचिव बावुराम सापकोटाले बताए । ७२ जना कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिमुखीकरण तालिम समेत दिएको शिक्षा शाखा प्रमुख सापकोटाले बताए ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि प्रावि, निमावि र मावि स्तरमा छुट्टाएर प्रक्रिया अगाडी बढाईएको कार्यालयले जनाएको छ ।विद्यालयमा राजनीति मुक्तक्षेत्र होस भन्ने उद्देश्यले एकैपटक विद्यालय समिति चयन गर्न लागिएको हो, शिक्षा शाखा प्रमुख सापकोटाले भने, ‘समितिको एकरुपता र स्वतन्त्र ढंगले चयन गर्नका लागि यो अभ्यास शुरु गरिएको हो ।’ वालिङ नगरपालिकाले शुरु गरेको यो अभ्यास नेपालभरी नै पहिलो भएको सापकोटाले दावी गरे ।
विद्यालय व्यवस्थापन समिति ९ जनाको हुनेछ । अभिभावक भेलाले ४ जना चुन्ने र ४ जनाले बुद्धिजीवी, चन्दादाता, संस्थापक, शिक्षाप्रेमी मध्येबाट २ जना चुन्ने प्रावधान रहेको छ । ३ जना वडा शिक्षा समिति, विद्यालय प्रधानाध्याप र शिक्षक नायक पदेन सदस्य रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।
माघ ९ गते एकै पटक हुने विद्यालय समिति चयनमा १ सय ४४ जना प्रतिनिधि चुनिने छन् । वालिङ नगरभित्र १६ मावि, ८ निमावि र ४८ प्रावि सामुदायीक विद्यालय रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार