
८ माघ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोपहरू स्वीकार गरी लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ति खाेपहरू लिएका हुन् ।
नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज हस्तान्तरण गरेका हुन् ।
यसैबीच भारतबाट नेपाललाई अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भणडारन स्थल टेकु लगिएकाे छ । हस्तारन्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीकाे पनि उपस्थिति रहेकाे थियाे ।
तस्वीर : रोशन सापकोटा
प्रतिक्रिया