सोमबार , फागुण १७, २०७७

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

८ माघ, कास्की । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’ का पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल संघका पदाधिकारीले स्वागत गरे । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन्। विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव १४ घण्टा पहिले
प्रियंका र आयुष्मानले मनाए जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ प्रियंका र आयुष्मानले मनाए जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ ६ घण्टा पहिले
बालबालिकाको गुनासोलाई प्राथमीकता दिदै विद्यालयमा गुनासो पेटिका बालबालिकाको गुनासोलाई प्राथमीकता दिदै विद्यालयमा गुनासो पेटिका ११ घण्टा पहिले
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम ९ घण्टा पहिले
पर्साका दुई चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मानपत्रद्वारा सम्मानित पर्साका दुई चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मानपत्रद्वारा सम्मानित १४ घण्टा पहिले
न्याय नपाउँदा लामो समयदेखि द्वन्द्व प्रभावित परिवार निराश न्याय नपाउँदा लामो समयदेखि द्वन्द्व प्रभावित परिवार निराश १५ घण्टा पहिले
सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त १२ घण्टा पहिले
अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड १३ घण्टा पहिले