बिहिबार , फागुण १३, २०७७

भेडाहरुको जय होस् ! जय शम्भो !!

भेडाहरुको जय होस् ! जय शम्भो !!

सकेसम्म राजनीतिका बारेमा केही नलेख्ने अठोट गर्दागर्दै पनि आज मेरो कलमले मान्दै मानेन । सामाजिक सञ्जाल खोल्छु, कोही भन्छन् यति गतेको आन्दोलन, भोलि यहाँ जाने, पर्सी यहाँ जाने, म वाक्कदिक्क पर्दछु । म आफ्नो काममा व्यस्त, न कसैको बारेमा कुरा गर्नुछ न कसैबाट लिनुछ । न मलाई नमस्कार टक्राएर जागिर खानु छ, न कसैलाई जागिरको लागि सिफारिस गर्नुछ । मलाई विश्वास लाग्छ, आफ्नो क्षमताअनुसार जागिर अवश्य मिल्छ । म आफ्नो कर्ममा विश्वास गर्ने मान्छे, न मलाई कसैको चाकडी गर्नुछ ।

मेरो हजुरबुवा राणाशासन व्यवस्था फाल्नुपर्छ भनेर आन्दोलन गर्नुभयो । हजुरबुवालाई लागेको थियो होला, मेरो छोराको जिन्दगी म भन्दा सुखी हुन्छ भनेर, तर के भ भयो त ? फेरि मेरो बुवा पंचायती व्यवस्थामा आन्दोलन गर्नुभयो । त्यतिखेर मेरो बुवालाई पनि लागेको थियो होला, अब मेरा छोराछोरीलाई सुखै सुख हुन्छ भनेर, तर के भयो त ? फेरि मैले ०६२÷६३ को आन्दोलन गरे, मलाई पनि लागेको थियो अब मेरै समयमा समृद्धि हुन्छ, तर के भयो ?

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

द्वन्द्व समापन भएको १५ बर्षको अन्तरालमा परिवर्तन के भयो ? र अब के गर्छौ भनेर सर्वसाधारण जनतालाई भ्रममा पार्ने । नेपालमा नेपालको मौलिकता बिनाको कुनै पनि सिद्धान्त लागु हुँदैन । नेपालको धर्म, संस्कृति र मौलिकता डलर र भारुमा साट्ने, भागबन्डा नमिल्दा आन्दोलन गर्ने, जनता भड्काउने ? तर्सथ भित्री कुरा बुझेर बहिस्कार गर्नु जरुरी छ ।

तेत्रा हजारौं मान्छेको बलिदानबाट प्राप्त भएको गणतन्त्रले हामीलाई के दियो ? दियो त केवल भ्रष्टाचार, परिवारवाद, अशान्ति, यहाँ भन्दा अरु के दियो ? छ तपाईंसँग उत्तर ? अवसर पाएका होलान् त तीन नेताका झोला बोक्ने झोलेले मात्र, अनि फेरि हामीले आन्दोलन गर्नुपर्ने ? धिक्कार छ, तिम्रो क्रान्तिकारी सोच देखेर ।

दरबार हत्याकाण्ड, मदन भण्डारी, ती निर्दोष १७ हजार नेपाली नागरिक र निर्मला पन्तको न्यायका लागि अनि आफ्नो देशको अस्मिता लुटिदाँ आन्दोलन गर्ने हिक्मत नभएका यिनै दलाल, बलात्कारी हरुको पछि लागेर समय किन खेर फाल्ने ? ए ! मेरा दाजुभाई, दिदीबहिनीहरु हो ।नेपालको राजनीति अझै बुझ्नु भएको छैन ,के राजनीति गर्छौ यार ! थुक्क तिम्रो जिन्दगी ! अझै पार्टीको झण्डा बोकेर पछिपछि दौडिन लाज लाग्दैन हैं ? जय होस् भेडाहरुको ! जय शम्भो !!

विश्वमा दुई सयभन्दा बढी देशहरु छन् । प्रत्येक देशमा शासनव्यवस्था फरक फरक छ । धेरै देशको इतिहास हाम्रो देश भन्दा कान्छो छ तर त्यहाँको विकास, समृद्धि हाम्रो भन्दा धेरै छ। कुनै देशमा प्रजातन्त्र होला, कुनैमा राजतन्त्र, कुनै देशमा गणतन्त्र होला तरपनि विकासले फड्को मारेको छ । अब तपाईं भन्नुस् ? तन्त्रमन्त्रले विकास गर्छ । विकासको लागि इच्छाशक्ति चाहिदो रहेछ । अब भन्नुस्, हामी केका लागि लड्ने, केका लागि आन्दोलन गर्दैछौं । छ तपाईंसँग उत्तर ?

राजा राम्रो छैन भन्यो, त्यो पनि फालियो । संविधान राम्रो छैन भन्यो, त्यो पनि फालियो । राणा राम्रो छैन भने, त्यो पनि फालियो । अब के राम्रो छैन ? केपी ओली राम्रो छैन ? प्रचण्ड राम्रो छैन ? शेरबहादुर देउवा राम्रो छैन ? माधव नेपाल राम्रो छैन ? साच्चिकै तपाईहरुले यिनै टाउकेको लागि आन्दोलन गर्दै हुनुहुन्छ ? अब पनि हामीमा चेतना आएन भने कहिले आउने ? हामी अझै नेताहरुको पछि लागेर आन्दोलन गर्नुको औचित्य के ?

आन्दोलन त २००७ साल देखि चलिआएको छ । थुप्रै क्रान्ति अनि क्रान्तिकारी उदाए, तर जेमा क्रान्ति हुनुपर्ने थियो त्यसमा भएन । कृषि प्रधान देश, तर खोई कृषि क्रान्ति ? खोई औधोगिक क्रान्ति ? खोई शिक्षामा सुधार ? खोई रोजगार ? खोई नागरिकको सुरक्षाको ज्ञारेन्टी ? आफ्नो लागि सिटामोल किन्न विदेश पुग्ने नेताले खोई देशमा अस्पताल अनि दक्ष स्वास्थ्यकर्मीका लागि किन केही गरेनन ? अझ हामी भेडा जनता तिनै नेताको लागि आन्दोलन गर्नुपर्ने ?

के तपाईंहरुलाई यिनीहरूको इतिहास थाहा छैन ? आज देश जुन ठाउँमा छ, यिनैका कारणले छ । जाउ, भेडा जाउ । बलि तिमीहरु कै चढने हो । जाउ आमाको काखलाई रित्ताउन जाउ । उफ्री उफ्री जिन्दावाद र मुर्दावाद भन् जाउ । श्रीमतीको सिन्दुर पुछन् जाउ, छोराछोरीलाई टुहुरो बनाउन जाउ । साथीहरुलाई एक्लो बनाउन जाउ । मर्ने भनेको तिमी र हामी मात्रै हो । हामीले तिम्रा छोराछोरी र बुहारीलाई सत्तामा पु¥याउनको लागि आन्दोलन गर्दिन् पर्ने । यो आन्दोलन भनेको सत्ताका लागि मात्र हो । जब यिनीहरूले सत्ता प्राप्त गर्छन्, अनि, विकृति विसंगति फैलाउँछन् ।

साँच्चिकै हामी के परिवर्तन गर्न चाहन्छौं ? व्यवस्था परिवर्तन गर्न चाहन्छौं या व्यवहार परिवर्तन गर्न चाहन्छन् ? तपाईलाई लागेको होला, के सबै कुरा तन्त्रमा अडिएको छ ?

मैले विश्वका केही देश घुम्ने मौका पाए । चीनदेखि जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अनि आफैं कोरियामा बसेर पैसा पनि कमाए । त्यहाँका राजनेताहरु इतिहास बनाउनको लागि रातदिन देशलाई मुटुमा राखेर काम गर्छन् तर यहाँ ठिक विपरित । तपाईं ती देशहरूको इतिहास हेर्नुस त, तिनको समृद्धिको यात्रा हेर्नुस त ?

विश्वमा दुई सयभन्दा बढी देशहरु छन् । प्रत्येक देशमा शासनव्यवस्था फरक फरक छ । धेरै देशको इतिहास हाम्रो देश भन्दा कान्छो छ तर त्यहाँको विकास, समृद्धि हाम्रो भन्दा धेरै छ। कुनै देशमा प्रजातन्त्र होला, कुनैमा राजतन्त्र, कुनै देशमा गणतन्त्र होला तरपनि विकासले फड्को मारेको छ । अब तपाईं भन्नुस् ? तन्त्रमन्त्रले विकास गर्छ । विकासको लागि इच्छाशक्ति चाहिदो रहेछ । अब भन्नुस्, हामी केका लागि लड्ने, केका लागि आन्दोलन गर्दैछौं । छ तपाईंसँग उत्तर ?

तपाईंले सोची राख्नुहोला, यो आन्दोलन नागरिक सर्वोच्चताका लागि, संविधान रक्षाको लागि ! अझै तपाई भ्रममा हुनुहुन्छ । किन भ्रममा हुनुहुन्छ भने यो आन्दोलन भनेको पदको लागि हो । हामीले भनेम् हाम्रो संविधान विश्वको नमूना संविधान, यो संविधान निर्माणको लागि हामीले खर्बौं रुपैयाँ खर्च गरेर, संविधानका लागि १७ हजार मान्छेले बलिदान दिए । यो संविधानको लागि धेरैले आफ्ना बुवाआमा गुमाउनुपर्यो, धेरै विधवा हुनुपर्यो, धेरै टुहुरा हुनुपर्यो । के यसपछि जनताले शान्ति पाएँ ? जनताले समृद्धि पाए ? पाए त केवल भ्रष्टहरु पाए । अब फेरी तिनै अनुहारको लागि आन्दोलन गर्दिन् पर्ने ।

व्यवस्था परिवर्तन गर्न रक्तपात गर्न आवश्यकता थियो ? क्रान्ति भनेको मारेर वा मरेर मात्रै गरिन्छ ? १७ हजार मरे ल ठीक छ, गणतन्त्र आयो, जनताले के पाए ? राजतन्त्रको ठाउँमा गणतन्त्र थपियो, हाम्रो अवस्थामा के परिवर्तन भयो ? तन्त्र जे आवस, प्रधानमन्त्री जो बनुन, या राजाले नै देश चलाउन, हामीलाई केही फरक पर्नेवाला छैन ।

मैले विश्वका केही देश घुम्ने मौका पाए । चीनदेखि जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अनि आफैं कोरियामा बसेर पैसा पनि कमाए । त्यहाँका राजनेताहरु इतिहास बनाउनको लागि रातदिन देशलाई मुटुमा राखेर काम गर्छन् तर यहाँ ठिक विपरित । तपाईं ती देशहरूको इतिहास हेर्नुस त, तिनको समृद्धिको यात्रा हेर्नुस त ? विकास गर्नलाई इच्छाशक्ति चाहिन्छ नकी वादले काम गर्छ । जति राम्रो तन्त्र भएपनि नेतामा इच्छाशक्ति भएन भने कहिलेपनि समृद्धि हुँदैन ।

त्यसको उदाहरण हाम्रो नेपाल हो । हामीले यति धेरै तन्त्रहरु प्रयोगमा ल्याइयो तर देश जहाँको तँही । के पुष्पलालले सोचेको साम्यवाद गल्ती छ? बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद गल्ती छ ? राजाहरूको राजतन्त्र प्रणाली गल्ती छ ? गल्ती त सिद्धान्तमा टेकेर तहसनहस बनाउने नेताको, हामीमा भएको भेडा संस्कृति को हो । हामीले जहिले पनि राम्रोलाई होइन, हाम्रालाई खोजेको कारणले आज हाम्रो देशले यस्तो भोगिरहेको छ ।

व्यवस्था परिवर्तन गर्न रक्तपात गर्न आवश्यकता थियो ? क्रान्ति भनेको मारेर वा मरेर मात्रै गरिन्छ ? १७ हजार मरे ल ठीक छ, गणतन्त्र आयो, जनताले के पाए ? राजतन्त्रको ठाउँमा गणतन्त्र थपियो, हाम्रो अवस्थामा के परिवर्तन भयो ? तन्त्र जे आवस, प्रधानमन्त्री जो बनुन, या राजाले नै देश चलाउन, हामीलाई केही फरक पर्नेवाला छैन ।

एकचोटी सामान्य मानिसलाई सोध्नुहोस्, गणतन्त्रले के फरक पर्यो ? हामीलाई बाँच्न पाउनु पर्यो । विकासले फड्को मार्नु पर्यो । राजतन्त्र, गणतन्त्र, लोकतन्त्रले केही फरक पार्दैन । यी सबै तन्त्र मात्र हुन् । हामी तन्त्र भित्र भएको व्यवस्था परिवर्तन गर्न चाहन्छौं । गणतन्त्र आएर किन खुशी हुने ? राजतन्त्र गएर किन खुशी हुने ? आखिर प्रवृतिमा परिवर्तन आउँदैन भने । तन्त्रका अगाडि जे झुण्डिए पनि केही हुनेवाला छैन् ।

नेतालाई सुधार्ने र बिगार्ने काम हामी जनताले हो । यदि हाम्रो भेडा संस्कृति परिवर्तन गरिएन भने आज मैले गाली गर्छु भोलि मेरा छोराछोरीले गाली गर्छन्, यो निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले हाम्रोलाई होइन, राम्रोलाई चिनौं । समयमा सोचौं, सबै नेतालाई बहिष्कार गरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय