तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार ११:४५:३७
वि.सं. २०७७ साल माघ ०९ गते । शुक्रबार इ.स.२०२१ जनवरी २२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– नवमी,१७ बजेर ५४ मिनेट उप्रान्त दशमी । नक्षत्र–भरुणी,१८ बजेर ३३ मिनेट उप्रान्त कृतिका । योग–शुभ,२१ बजेर ३४ मिनेट उप्रान्त शुक्ल । करण–कौलव,१७ बजेर ५४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मद्गर योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेटमा,सूर्यास्त १७ बजेर ३५ मिनेटमा । दिनमान २६ घडी ३५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने, काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारीसाधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाईलेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- आवस्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पतीको भरपुर प्रयोग गर्न पाईनेछ । नाँफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडी बढ्न सहज हुनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुसिले उचाई नाघ्नेछ । पढ्नेलेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार