बिहिबार , फागुण १३, २०७७

सिसाजस्तै कडा बरफ जमेपछि आधा परिवारले गाउँ छाडे

सिसाजस्तै कडा बरफ जमेपछि आधा परिवारले गाउँ छाडे

९ माघ, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ भने एक परिवार इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा २८ परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताए। बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा रहेको छ ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुष, माघ र फागुन तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ । तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको शेर्पाले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजङ्घा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर रहेको छ । यस वर्ष कोरोनाका कारण कञ्चनजङ्घामा पर्यटक आउन सकेनन् । पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको टासी तेन्जी शेर्पाले बताए । आर्थिक अभाव र केही चौँरी याक गोठ भएकाले यस वर्ष हिउँ र जाडो छल्न १६ परिवार जान नसकेको शेर्पाले बताए ।

बाह्र परिवारले संरक्षण ऋण तथा बचत सहकारीमा जम्मा गरेको बचत फिर्ता लिएर हिउँ र जाडो छल्न गएको उनले बताए । गत महिना संरक्षण ऋण तथा बचत सहकारीबाट घुन्सा गाउँका सहकारी सदस्यहरुले रु ११ लाख बचत फिर्ता लिएको सहकारीका वित्तीय सहजकर्ता अभिषेक केदेमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन १६ घण्टा पहिले
फटाह फणिन्द्रेमा बुद्धी र रवि डंगोल फटाह फणिन्द्रेमा बुद्धी र रवि डंगोल १३ घण्टा पहिले
दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा १२ घण्टा पहिले
राष्ट्रपतिले क्षमायाचना पशुपतिमा होइन जनतासँग गर्नुपर्छ : पम्फा भुसाल राष्ट्रपतिले क्षमायाचना पशुपतिमा होइन जनतासँग गर्नुपर्छ : पम्फा भुसाल १२ घण्टा पहिले
लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै लगाए कोरोना खोप लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै लगाए कोरोना खोप १२ घण्टा पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली ५ घण्टा पहिले
ओली समूहकाे कर्णाली आमसभा स्थगित ओली समूहकाे कर्णाली आमसभा स्थगित १२ घण्टा पहिले
जेठको दोस्रो साताभित्रै एसईई सक्ने तयारी जेठको दोस्रो साताभित्रै एसईई सक्ने तयारी १४ घण्टा पहिले