बिहिबार , फागुण १३, २०७७

पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा आज पनि दुई खेल हुँदैछ

पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा आज पनि दुई खेल हुँदैछ

९ माघ, काठमाडौं । प्रधानमन्त्री कप ‘पीएम कप’ पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘ए’ मा रहेका प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

लगातार तीन खेल हारेको प्रदेश १ समूहमा आफ्नो अन्तिम खेल खेल्नुअघि नै बाहिरिसकेको छ । त्यसैले प्रतियोगिताको अन्तिम खेल जित्दै सुखद अन्त्य गर्न चाहन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उता दुई खेल खेलेको कर्णालीले भने मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा गण्डकीलाई हराएको थियो । कर्णालीले समूहको अन्तिम खेल विभागीय टोली एपीएफसँग शनिबार खेल्नेछ । प्रदेश १ सँगै गण्डकी प्रदेश पनि समूह ‘ए’ बाट बाहिरिसकेको छ ।

यस्तै समूह ‘बी’ मा रहेको प्रदेश २ र बागमती बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । लगातार दुई खेल जित्दै समूह ‘बी’ मा अपराजित रहेको बागमती लगातार तेस्रो खेल जित्ने योजनामा छ । बागमतीले साविक विजेता नेपाल पुलिस र सुदूरपश्चिमलाई पराजित गरिसकेको छ । बागमतीले समूहको अन्तिम खेल माघ ११ गते लुम्बिनीसँग खेल्नेछ ।

समूह ‘बी’ मा तीन खेल खेल्दा २ खेल जितेको पुलिसले पनि बागमती समान ४ अंक जोडेको छ । लुम्बिनीको २ खेलबाट २ अंक छ । एक खेल मात्र खेलेको प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय