आइतबार , फागुण १६, २०७७

अठार अर्ब राजस्व संकलन

अठार अर्ब राजस्व संकलन

९ माघ, काठमाडौं । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ । गत वर्ष यहि अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चालु आवमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजश्वभन्दा रु दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । गत वर्षअवधिमा विभागले विभिन्न शीर्षकमा कूल रु दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए।

कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए । उनले विगतमा सो अवधिमा राजश्व सङ्कलन गर्ने लक्ष्यको चालु आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारी रहेको बताए ।

कार्यालयले चालु आवको साउनमा रु दुई अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा रु तीन अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा रु तीन अर्ब चार करोड ४२ हजार, मङ्सिरमा रु तीन अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा रु तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह १३ घण्टा पहिले
एक दशकपछि घमेश दुलालको लोकदोहोरी क्षेत्रमा पुनरागमन एक दशकपछि घमेश दुलालको लोकदोहोरी क्षेत्रमा पुनरागमन ११ घण्टा पहिले
लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा लाभांश र हकप्रद प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा १४ घण्टा पहिले
भागरथीको हत्यामा संलग्न आरोपितको डिएनए परीक्षण गरिँदै भागरथीको हत्यामा संलग्न आरोपितको डिएनए परीक्षण गरिँदै ३ घण्टा पहिले
प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उदघाटन प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उदघाटन १० घण्टा पहिले
सरकारले दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने सरकारले दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने २ घण्टा पहिले
प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री १ घण्टा पहिले
ओलीको भविश्य कांग्रेसको हातमा ओलीको भविश्य कांग्रेसको हातमा ८ घण्टा पहिले