पौडेलको नेतृत्वमा महासंघमा पूँजीबजार फोरमको गठन
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १८:२७:३६
९ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक पूँजीबजारलाई समेट्दै गठन गरिएको फोरमको १४ सदस्यीय कार्यसमिति आज शुक्रबार चयन हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा एक कार्यक्रमका बीच शुक्रबार संयोजकसहित १४ सदस्यीय कार्यसमिति चयन हुने भएको हो ।
यसअघि नै फोरमको संयोजकको जिम्मेवारी नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवं सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पाइसकेका छन् । महासंघको सदस्यमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका पौडेलको पहलमा पहिलो पटक महासंघमा यस्तो फोरम गठन भएको हो ।
शुक्रबार कार्यसमितिका बाँकी १३ जनाको नाम सार्वजनिक गर्ने तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । पूँजीबजारको विकास र बिस्तारका लागि सक्रिय रुपमा काम गर्ने किसिमले फोरमको संरचना बिस्तार गर्ने प्रतिबद्धता यसअघि पौडेलले जनाएका थिए ।
बजार सुधारका लागि आवश्यक नीति निर्माणका लागि सम्बद्ध पक्षसँगको सहकार्यलाई फोरमले केन्द्रमा राखेर अघि बढ्ने फोरम संयोजक पौडेलको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
चैत १५, २०८० बिहिबार
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार