मञ्जुश्री फाइनान्सले माघ १८ गतेदेखि ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ?

९ माघ, काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले यहि माघ १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कम्पनीले ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये २ लाख कित्ता सर्वसाधारणको लागि र ३ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा माघ २१ रढिलोमा फागुन २ गते बैंकिङ समयसम्म रहेको छ ।
आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् । कम्पनीले ९ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।
विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यलयहरुबाट आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया