अटो चलाउन छाडेर ‘ब्लक’ उत्पादनमा
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १९:८:०
९ माघ, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ नयाँबस्तीका दलबहादुर कार्की डेढ वर्ष अटो चलाएर जीविकोपार्जन गर्न खटिए । ग्रामीण भेगमा अटो चलाएर घर परिवारको खर्च चलाउँदै आएका कार्कीले अहिले भने घरमै ‘इन्टरलक ब्लक’ (सिमेन्टको इँटा) उत्पादन गरी गाउँघरमै बिक्री वितरण गरिरहेको छ ।
बेलौरीमा पाँचदिने ब्लक बनाउने तालीम लिएर गाउँमै सानो उद्योग सञ्चालन गरिरहेका कार्कीले यतिबेला गाउँमा पाँच जनालाई रोजगारीसमेत दिएका छन् । “अटो चलाउँदा कच्ची सडकमा कमाएको जति अटोमै खर्च हुने अवस्था आएपछि व्यवसाय परिर्वतनको सोच बनाए”, कार्कीले रासससित भने, “अहिले दैनिक पाँच सय ब्लक तयार गरिरहेको छ ।”
कार्कीसहित एक महिनायता उक्त उद्योगमा सातजना कार्यरत छन् । आठ हजार ब्लक मौज्दात रहेको बताउँदै कार्कीले यहाँको दक्षिण क्षेत्रमा ब्लकको माग बढिरहेको जानकारी दिए ।
प्रतिब्लक रु ४५ मा बिक्री भइरहेकोे उद्योग सञ्चालनका लागि नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) बाट अनुदान सहयोग मिलेको छ । “ब्लक बनाउने तालीमदेखि प्रेसर मेसिनसम्म हामीलाई एनएनएसडब्लुएबाट सहयोग पाइएको हो”, उनले भने, “अहिलेसम्म एक हजार ब्लक बिक्री भइसकेको छ ।” उनले घर बनाउँदा इँटाको ठाउँमा ब्लक प्रयोग गर्दा टिकाउ र भरपर्दो हुनाले माग बढिरहेको बताए ।
त्यसैगरी बेलौरीकै स्थानीयवासी सुकबहादुर राना पनि यतिबेला इन्टरलक ब्लक बनाएर बिक्री वितरणमा सक्रिय भएको छ । “लकडाउनअघि भारतबाट मजदूर गरेर फर्किएको थिए”, रानाले भने, “गाउँमा बेरोजगार भएर बसिरहेका बेला ब्लक बनाउने तालीम लिए, अहिले नतिजा राम्रै आएको छ ।” गाउँमै युवाहरु मिलेर काम गरिरहेको बताउँदै रानाले भारतमा विगतमा गर्ने गरेको मिहिनेत अब स्वदेशमै गर्ने योजनामा रहेको जानकारी दिए । “ब्लक प्रयोग गरेर घर बनाउने हालैबाट शुरु भएकाले यसको माग पनि बढ्नेमा आशावादी छौँ”, रानाले भने, “गाउँका अरू युवाहरुलाई पनि आयमूलक काममा जोड्ने सोचमा छौँ ।”
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका जीविकोपार्जन कार्यक्रमका संयोजक राजकुमार सुनारले यहाँको बेलौरी र लालझाँडी गाउँपालिकाका तीनवटा स्थानमा इन्टरलक ब्लक बनाउने उद्योग सञ्चालनमा ल्याइएको बताए । “हामीले जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदान कोषबाट रकम दिएर युवाहरुलाई उक्त उद्योगमा लगाएका हौँ”, संयोजक सुनारले भने, “बेरोजगार युवालाई आयमूलक काममा लगाउने लक्ष्यअनुसार उद्योग सञ्चालनमा सहयोग गर्दै आएका छौँ ।”
उनले उक्त कार्यक्रमअन्तर्गत ग्रामीण बस्तीमा समूह तथा सहकारी सञ्चालनमा ल्याएर स्थानीयवासी तरकारी खेती, माछापालन, च्याउ खेती, पशुपालनलगायत विभिन्न आयमूलक काममा लागिरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कसैले जोरी खोजे हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार