कांग्रेसको अलमलले प्रदेशसभा अन्योलमा
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २०:३२:५५
९ माघ, काठमाडौं । नेकपा औपचारिक रुपमा विभाजित भैसकेको छैन, तर नेता कार्यकर्ता भने दुई खेमामा प्रष्ट कित्ताकाट गरिरहेका छन् । यही अवस्थामा दुईवटा प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
प्रदेश नं. १ र बाग्मती प्रदेशसभा प्रारम्भ भइसकेका छन् । दुबै प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव समूहले नेतृत्व गरेको नेकपाले अविश्वास दर्ता गराएको हो । उक्त प्रस्तावमा अब छलफल र मतदान हुने अवस्था छ । तर यी दुबै समूह एक्लैले न त प्रस्ताव पारित वा फेल गर्न सक्छन् । यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहयोग र समर्थन अनिवार्य देखिएको छ ।
समस्याको जड नै यही हो । कांग्रेसले नेकपाको कुन समूहसँग मिलेर जाने भन्नेमै नेताहरु विभाजित छन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसँग गठबन्धन बनाउँदा राजनीतिक लाभ हुने ठम्याईमा छन् भने असन्तुष्ट नेताहरु चाहिं प्रचण्ड–माधवसँगको गठबन्धन प्राकृतिक र राजनीतिक हुने निश्कर्षमा छन् ।
यसबारे सभापतिले छलफल सुरु गरेका छन् । आज बाग्मती प्रदेशको बारेमा छलफल गर्न यस प्रदेशबाट केन्द्रीय सदस्य रहेका नेताहरुलाई देउवाले आफ्नै निवासमा बोलाएर छलफल चलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित बोलाइएको बैठकमा अधिकांश नेताले ओली भन्दा प्रचण्ड–माधव पक्षसँगको सहयात्रा कांग्रेसका लागि उपयोगी हुने धारणा राखे । तर सभापति देउवा भने ओलीसँगको सहकार्यले पार्टीलाई लाभ पुग्ने पक्षमा देखिएका छन् । त्यसैले कुनै सहमति बन्न सकेको छैन ।
अस्ती प्रदेश नं. १ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा समेत नेताहरुले यस्तै धारणा राखेका थिए । कांग्रेस भित्रको अलमलले गर्दा नेकपाका दुबै खेमा अन्योलमा देखिएका छन् । ओली पक्षले प्रदेश नं. १ मा शेरधन राईलाई समर्थन गरे बाग्मती प्रदेशमा कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन सकिने प्रस्ताव गरेको बुझिएको छ । यो प्रस्ताव देउवाका लागि रुचिकर हो । तर पौडेल लगायत कृष्णप्रसाद सिटौलासमेत अहिले प्रचण्ड–माधव समूहसँग नै मिल्दा मतदातासँग पुग्नसमेत बल पुग्ने पक्षमा छन् ।
यही तानातानले कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । आजको बैठकमा सहभागी धेरै नेताले देउवालाई ओलीसँग सहकार्य नगर्न सुुझाव दिएका छन् । वरिष्ठ नेता पौडेललगायत प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, गगन थापा, नबीन्द्रराज जोशीले यस्तो धारणा राखेका थिए । उनीहरुले प्रचण्ड–माधव समूहले समेत एउटा मुख्यमन्त्री वा आलोपालो चलाउने विकल्पमा सहमति जनाउन सकिने प्रस्ताव आएको देउवालाई स्मरण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार