अपराधका घटनामा विदेशी नागरिक पनि संलग्न
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २०:५७:४३
९ माघ, सुरुङ्गा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ ।
कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अपराधका घटनामा संलग्न भएपछि कैद भुक्तान गरिरहेका छन् । अपराधमा संलग्नमध्ये धेरै भारतीय नागरिक छन् । अपराधमा संलग्न विदेशी नागरिकमध्ये लागुऔषध मुद्दामा एक महिला र चोरीमा दुई महिलाले जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका छन् ।
कारागारमा रहेका ५७ विदेशी पुरुषमध्ये अप्राकृतिक मैथुनसहित खोटा चलन, कीर्ते, अभद्र व्यवहार, डाका अपहरण, जवर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यानलगायतका मुद्दामा जेल जीवन बिताइरहेका छन् । तीमध्ये लागुऔषध मुद्दामा मात्रै २१ जनाले सजाय भुक्तान गरिरहेका छन् । त्यस्तै कर्तव्य ज्यान तथा ज्यान कसुरमा सात, जबर्जस्ती करणीमा पाँच, अपहरणमा पाँच, डाका मुद्दामा दुई, गौवध मुद्दामा एक, खोटा चलनमा एक, कीर्तेमा दुई, अभद्र व्यवहारमा एक र अप्राकृतिक मैथुनका मुद्दामा एक जना गरी ५७ जनाले कैद भुक्तान गरिरहेको जिल्ला कारागारले जनाएको छ ।
क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको झापामा विदेशी नागरिकका लागिसमेत सरकारले रासनपानी व्यहोर्दै आएको छ । जिल्ला कारागारमा अहिले विभिन्न मुद्दामा स्वदेशी र विदेशी गरी एक हजार १९६ जना कैदबन्दीले कैद भुक्तान गरिरहेका छन् । कारगारको तथ्याङ्कअनुसार सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तानी गर्ने छन् । एक जना महिलाले पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकी छिन् ।
जबर्जस्ती करणी मुद्दामा एक स्वदेशी महिलासहित ३४८ स्वदेशी पुरुष छन् । जसमा पनि २४१ कैदी र १०७ थुनुवा रहेको कारागार स्रोतले जनाएको छ । त्यस्तै आठ कैदी र तीन थुनुवा गरी ११ जना विदेशी नागरिक जबर्जस्ती करणी मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् । जबर्जस्ती करणीपछि झापा कारागारमा धेरै लागुऔषध मुद्दामा पक्राउ परेकाले कैद भुक्तान गरिरहेका छन् ।
कारागारको तथ्याङ्कअनुसार आठ कैदी नौ थुनुवा गरी १७ जना स्वदेशी महिला, १२५ कैदी, १५८ थुनुवा गरी १८३ स्वदेशी पुरुष कैद भुक्तान गरिरहेका छन् भने एक विदेशी महिलासहित ११ कैदी र १० थुनुवा गरी २१ जना विदेशी नागरिकले झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
नियमअनुसार नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार