गैँडाको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई राहत
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २३:२४:३४
९ माघ, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्तीको टोलीले मुखियाको परिवारलाई घरमै पुगेर राहत स्वस्वरुप रु ५० हजारको चेक प्रदान गरेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदी र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संयुक्त रुपमा राहत रकम प्रदान गरे । राहत प्रदान गर्दै रेन्जर सुवेदीले मृतकका परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले राहत रकम प्रदान गरिएको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जेडएसएल नेपालको संयुक्त कोषको ब्याजबाट प्राप्त हुने रकम वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दिने गरिएको सुवेदीले जानकारी दिए । पीडित परिवारले उक्त रकमबाट सानै भए पनि आयआर्जन गरेर जीविकोपार्जन गर्न सकुन् भनेर राहत रकम प्रदान गरिएको सुवेदीको भनाइ छ ।
गैँडाको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई निकुञ्जले रु १० लाख प्रदान गर्ने वन्यजन्तुसम्बन्धि राहत निर्देशिकामा उल्लेख गरिएको छ । सोही व्यवस्थाअनुसार निकुञ्जले मृतकका परिवारको खातामा रकम पठाउने प्रक्रिया शुरु गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्रबहादुर अधिकारीले बताए ।
निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निस्किएको गैँडाको आक्रमणमा परी गत कात्तिक १६ गते मुखिया घाइते हुनुभएको थियो । घाइते मुखियाको उपचारका क्रममा चितवनको अस्पतालमा मृत्य भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार