तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
माघ १०, २०७७ शनिबार ११:४०:४८
वि.सं. २०७७ साल माघ १० गते । शनिबार इ.स.२०२१ जनवरी २३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी–दशमी,२० बजेर ०० मिनेट उप्रान्त एकादशी । नक्षत्र–कृतिका,२१ बजेर ०६ मिनेट उप्रान्त रोहिणी । योग– शुक्ल,२२ बजेर ०१ मिनेट उप्रान्त ब्रम्ह । करण–तैतिल,०६ बजेर ५८ मिनेट उप्रान्त गर,२० बजेर ०० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेटमा,सूर्यास्त १७ बजेर ३५ मिनेटमा । दिनमान २६ घडी ३८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- नयाँ प्रविधिको प्रयोग गरि व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेकोछ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तरपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पती जोड्न सकिनेछ । पढाईलेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- पढाईलेखाई बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानी गर्ने वातावरण बन्नेछ । मायाप्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाईनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने छ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । बिवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईंकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाईलेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पती लाभ हुनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साध दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
गुलसनले लिए यूएईको दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो - सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नु
बैशाख ७, २०८१ शुक्रबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार