प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १७:२:५२
११ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
यस्तै आजै मूलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ । वाग्मतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ । आजको खेलमा लुम्बिनीलाई पराजित गरे वाग्मती सेमिफाइनल प्रवेश गर्नेछ । दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार