ओली पक्षले माघ २३ मा राजधानी घेराउ गर्ने
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १८:२३:२१
११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीप्रति चुलिएको असन्तोषको संकेतका रुपमा गएको शुक्रबार राजधानीमा जनप्रदर्शन गरियो । त्यो पनि ओलीकै पार्टीका नेताहरुको अगुवाईमा । नेकपा भन्ने पार्टी औपचारिक रुपमा विभाजित नभएको निर्वाचन आयोगले नै प्रष्ट पारिसकेको छ । त्यसैले अहिलेसम्म औपचारिक रुपमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै पार्टीका अध्यक्ष भएको मान्नुपर्ने हुन्छ ।
तर अनौपचारिक रुपमा भने नेकपा दुई फ्याक भइसकेको छ । ओलीसँग प्रचण्ड र माधव नेपाल पक्षले लामै युद्ध गरे । प्रधानमन्त्री भएदेखि नै ओली पार्टी र सरकार एकलौटी गर्न उद्यत् थिए । तर नेता नेपाल भने विधिपद्धतिको कुरा गर्न थाले । प्रचण्ड पनि ओलीसँग भागबण्डा गरेर पार्टी र सरकारमा हालीमुहाली गर्न तम्सिएका थिए । तर ओलीले दुबैतिरको सत्ताको रसपान गर्न अरुलाई नदिने रणनीति बनाएपछि राजनीतिक कोर्ष नै रन्थनिएको हो ।
ओलीको एकलौटी सहन नसकेका प्रचण्ड–माधव समूह गर्न भने केही नसक्ने लाचार नै रहे । पार्टी निर्णयलाई खुलेआम चुनौती दिने गरेका ओली सधैं आक्रामक देखिए । किनभने ओलीलाई राम्रो थाहा थियो यो सबै रडाको भागबण्डाकै लागि हो भन्ने । त्यसैले ओलीले प्रचण्ड–माधव गुटलाई भाउ नै दिएनन् । तर प्रचण्ड–माधव पक्ष भने भित्रभित्रै पिल्सिएको थियो । जसरी भएपनि ओलीको सत्ता हत्याउनैपर्ने निश्कर्षमा नेताहरु पुगे । त्यसका लागि अविश्वास प्रस्ताव पेश गर्ने अन्तिम तयारी भएको थियो । यसको सुइँको पाएका ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरे । प्रतिनिधिसभा विघटनको क्षेप्यास्त्र नै प्रहार गरे । अनि मात्रै वाध्य भएर प्रचण्ड – माधव समूहले आफूलाई अलग बनाए ।
यो समूहले आज बस्ने स्थायी कमिटी बैठकबाट ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत बर्खास्त गर्न लागेकोछ । पार्टीबाट बेदखल गरिएका ओलीलाई राजनीतिक शक्तिका रुपमा कमजोर बनाउन प्रचण्ड–माधव समूहको जोडबल सडक संघर्षमा केन्द्रित भएको छ । विघटनविरुद्ध सर्वाेच्च अदालतमा जारी सुनुवाईलाईसमेत प्रभावित पार्न दुबै पक्ष एकले अर्कालाई उछिन्न मरिमेटेका छन् । त्यसैको एउटा श्रृँखला गएको शुक्रबार प्रचण्ड–माधव समूहले जारी राख्यो । राजधानीमा दसौं हजार मानिस उतारेर यो समूहले ओलीको झाँको झार्न खोजेको हो ।
तर ओली भने यसलाई काठमाडौंका गल्लीमा भिड बढाएर भ्रम सिर्जना गरेको टिप्पणी गर्दैछ । बरु जनताले आफ्नो पक्षलाई समर्थन गरेको भन्दै यही माघ २३ गते काउण्टर ¥यालीको आयोजना गर्ने भएको छ । ओलीले जनताको समर्थन र उपस्थिति के हो भनेर प्रचण्ड–माधव समूहलाई देखाइदिने भनेका छन् ।
हुनपनि प्रचण्ड–माधव समूहले राजधानी उतारेका मानिस भन्दा बढी संख्यामा ओलीले शक्ति प्रदर्शन गर्नैपर्छ । किनभने उनीसँग सत्ता र राज्य संयन्त्र हातमा छ । प्रचण्ड–माधव समूहले दैनिक १५ सय र खान बस्न दिएर ल्याएको जनतालाई ओलीले दोब्बर खर्चमा ल्याउने हैसियत राखेको अवस्था छ । त्यसैले आउने माघ २३ गते हुने भनिएको काउण्टर ¥याली त विशेष नै हुने छ । किनभने ओलीतन्त्रको छनक र सन्देश दिनसमेत यसको महत्व रहेको छ ।
बाग्मती प्रदेशस्तरीय आमसभा भनिएपनि उक्त ¥यालीमा देशैभरिका ओलीपक्षीय नेताहरु सहभागी हुनेछन् । आफूपक्षीय सबै जनबर्गीय संगठन र सम्पर्क मञ्चहरुलाई ओलीले अनिवार्य उपस्थित हुन पत्राचार गरिसकेको अवस्था छ । ओली पक्षले सकेसम्म धेरै मानिस उतारेर प्रचण्ड–माधव गुट भगौडा हो भन्ने सन्देश दिन यस्तो काउण्टर ¥यालीको आयोजना गर्न लागेका हुन् ।
दुबै गुटले जस्तो सुकै भेला वा ¥याली गरेपनि त्यसमा उपत्यकावासीले भने सहभागिता जनाएका छैनन् । अस्ती सडकमादेखिएका अधिकांश मानिस राजधानी बाहिरबाटै ल्याइएका थिए । यस्तै अब ओली पक्षले ल्याउनेपनि तिनै जनता हुन् । तर ओली पक्षका लागि आउँदा भने अलि बढी शान र टाढबाढ हुने छ । किनभने सरकारी संयन्त्रको प्रभाव त्यसमा अवश्य देखिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार