पुल निर्माणमा खटिएका कामदारले पाएनन ज्याला
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १९:५३:११
११ माघ, सिमकोट । पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेदेखि नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् । हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेड वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।
हिल्सा सिमकोट सडकखण्डअन्तर्गतको हेप्का खोला पुल निर्माण गर्ने कार्य तीव्ररुपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करीब रु १९ लाख रकम नपाएको कामदारमा खटिएका टोली नेता खुसीराम थारुले गुनासो गरे ।
हेप्का खोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलो पटक पेश्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले उक्त ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए ।
पुलमा काम गर्ने १२ कामदार कैलालीका रहेका छन् । थारुले भने, “पटकपटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपा प्रवृति भएको छ ।” उक्त निर्माणधीन पुल २५ मिटर लम्वाइ, १४.३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार