बन्दाबन्दीले जुराएको व्यवसायः पाँचखालमा कफी शप सञ्चालन
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २१:६:३२
११ माघ, बनेपा । कोरोना महामारीले धेरैको व्यवसायमा समस्या थोपरी दियो । भएको व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका निम्न मध्यम वर्गका व्यवसायीले महामारीपछि आफ्नो व्यवसाय चौपट भएको बताइरहेकाबेला पाँचखालका व्यवसायी नवीन प्रकाश निरौलाले भने बन्दाबन्दीपछि नयाँ व्यवसायको थालनी गरेको छ ।
पाँचखाल नगरपालिका वडा नं ४ तामाघाटका व्यवसायी उनले बजारमा नै पहिलोपटक नयाँ व्यवसाय बेकरी र कफी शप सञ्चालनमा ल्याएको हो । करीब २५ लाखको लगानीमा सञ्चालन गरेको ‘बार्स बेकरी एण्ड कफी शप’ सञ्चालनमा आएपछि कफीका पारखीका लागि आकर्षणको केन्द्र नै बनेको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने सो क्षेत्रमा सञ्चालनमा ल्याएको कफी शपले उनको व्यवसाय मात्रै चलेको छैन, अन्य पाँच जनालेसमेत रोजगारी पाइरहेका छन् ।
“पाँचखाल क्षेत्रमा नै भनेको जस्तो, ग्राहकले खोजेको कफी शप थिएन, ग्राहकको रोजाइअनुसारको व्यवसाय पनि सञ्चालन गर्नुप¥यो भन्ने सोचका साथ यो नयाँ व्यवसाय थालनी गरेको हुँ”, उनले भने, “अहिले राम्रोसँग नै चलिरहेको छ ।”
नगरपालिकाअन्तर्गत अरनिको राजमार्गको खावा, केराघारी र ३८ किलो क्षेत्रबाहेक पाँचखाल बजार क्षेत्रमा कफी शप सञ्चालनमा थिएन । अहिले उनले कफी शप सञ्चालनमा ल्याएसँगै कृषि नगर पाँचखाल क्षेत्रमा व्यवसायिक संस्था विस्तारै विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ ।
उनले थालनी गरेको सो व्यवसाय करीब एक महिना भयो । बन्दाबन्दीपछि किताब र स्टेशनरीको व्यवसाय खासै नभएपछि त्यससँगै गुणस्तर बेकरी उत्पादन गर्नुका साथै कफी शप सञ्चालनमा ल्याएको उनले बताए। पच्चीस वर्ष अगाडिदेखि स्टेशनरी सञ्चालन गर्दै आएका उनले अर्को व्यवसाय पनि शुरु गरेको हो ।
अहिले उनको पसलमा केक, कुकिज, पेष्ट्रि लगायतको उत्पादन तथा बिक्री भइरहेको छ । “अहिले बजारमा अलि अखाद्य वस्तु हालेर बेकरी बनाएर उत्पादन गरिरहेको देखेको छु, व्यवसाय गरेपछि राम्रो चिज हालेर उत्पादन गर्ने सोचका साथ त्यसलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढिरहेको छु”, उनले भने, “अहिले नेपालीमा कफी खाने संस्कारको पनि विकास हुँदै गएको अवस्थामा पाँचखाल क्षेत्रमा नै यस्तो खालको व्यवसाय नभएका कारण पनि दुवैलाई जोडेर सँगसँगै व्यवसाय सञ्चालन गरेको हुँ ।”
उद्योग वाणिज्य सङ्घको उपाध्यक्षसमेत रहेका उनले त्यससँगै व्यवसाय विस्तारका लागि समाजकल्याण चोकमा सोरुमसमेत सञ्चालन गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार