दश जना एसएसपीले लगाए दज्र्यानी चिह्न
नेपालबहस संवाददाता
माघ ११, २०७७ सोमबार १:४०:३
११ माघ, काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको यही ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मा पदोन्नति भएका प्रहरी वरिष्ठ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्।
दज्यानी चिह्न पाउने प्रहरी वरिष्ठ उपरीक्षकमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशङ्कर पञ्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेल छन् । सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत छन ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्न निर्देशन दिए । उनले सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौति व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा थप सुधार ल्याउन निर्देशन दिए । कानूनबाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र कोभिड–१९ का कारण उत्पन्न आर्थिक अवस्थाको कारण वित्तीय व्यवस्थापनमा मितव्ययिता अपनाउने सुझाव दिए ।
पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक कृष्णकुमार महतले सङ्गठन र नागरिकप्रतिको जिम्मेवारी र उत्तदायित्व बहन गर्दै लक्ष्य प्राप्तिमा अझै बढी उर्जाका साथ पारदर्शी भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार