तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार ११:५०:७
वि.सं. २०७७ साल माघ १२ गते । सोमबार इ.स.२०२१ जनवरी २५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– द्वादशी,२३ बजेर १९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मृगशिरा,२५ बजेर २० मिनेट उप्रान्त आद्र्रा । योग– ऐन्द्र,२२ बजेर १६ मिनेट उप्रान्त वैधृति । करण–बव,१० बजेर ३८ मिनेट उप्रान्त बावल,२३ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृष,१२ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा,सूर्यास्त १७ बजेर ३७ मिनेटमा । दिनमान २६ घडी ४४ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- बिहानको समय राम्रो रहेकोले गित संगितको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिनेछ । होटल तथा रेष्टुरेन्ट पेशा व्यवसायमा आवद्ध रहनु भएकाहरुका लागी समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागी नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- बिहानको समय मध्यम रहेकोले मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मध्यान्हबाट समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशि हुनेछन् । नयाँप्रेम प्रस्ताब आउनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यत्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । मध्यान्हबाट आफन्त तथा अग्रजबाट तपाईको काममा सहयोग हुने छैन । राजनीति तथा सामाजीक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :-स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनाबस्यक खर्च बढ्ने तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाईनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले विलाशी सामान वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्ने योग रहेकोछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहानको समय राम्रो रहेकोले मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिनसँगै काम नगर्नु नै राम्रो रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धि हरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्यम रहेकोछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
चैत १५, २०८० बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
चैत ९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
चैत ८, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार