हिउँचितुवा जोगाउन घरपालुवा जनावरको बीमा
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १४:२७:२२
१२ माघ, डोल्पा । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट गाउँ छिर्ने हिउँचितुवाले डोल्पाको साल्दाङका किसान दोर्जे छिरिङ गुरुङका बर्सेनि १०-१२ वटा भेडाबाख्रा र च्याङ्ग्रा मार्ने गरेको छ। विगतमा आफूले पालेका भेडाबाख्रा र च्याङ्ग्रा मारिँदा आफूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गर्ने उनी अब भने उचित क्षतिपूर्ति पाइने आशामा छन्।
दुर्लभ वन्यजन्तु हिउँचितुवा जोगाउन निकुञ्जको मध्यवर्ती क्षेत्रका १ हजार ५०० घरधुरीका झन्डै २५ हजार घरपालुवा जनावरको बीमा गर्न सुरु गरिएको निकुञ्जले जनाएको छ। पशु बीमा गरेपछि आफूले पालेका पशुचौपाया हिउँ चितुवाले मारिदिएमा दोर्जेजस्ता धेरै किसानले क्षतिपूर्तिस्वरूप बजार मूल्यकै हाराहारीमा रकम पाउनेछन्।
हिउँचितुवाको मुख्य वासस्थान मानिएका डोल्पाको साल्दाङ, भिजेर, धो, फोक्सुन्डो र डोल्फु क्षेत्रका बासिन्दाको आम्दानीको प्रमुख स्रोत नै चौँरी, भेडाबाख्रा, च्याङ्ग्रा हुन्। त्यसैले निकुञ्जभित्र पर्ने २४ वटा गाउँका प्रत्येक किसानले सरदर ५०-६० देखि १५०-२०० वटासम्म भेडाबाख्रा र च्याङ्ग्रा पालेका छन्।
चराउन वनमा लगेको बेला र राति खोरमै आएर हिउँचितुवाले आफ्ना पशुको सिकार गर्ने उनीहरूको भनाइ छ। हिउँचितुवाले ठूलो क्षति गर्दा समेत विगतमा एक रुपैयाँ पनि राहत नपाएको दाबी गर्ने किसान पशु बीमाबाट क्षतिपूर्ति पाइने भएपछि धेरै खुसी र उत्साहित छन् । पशुचौपाया मारेको रिसमा लुकीछिपी कसैले हिउँचितुवालाई नोक्सानी गर्न सक्ने भए पनि अब भने त्यस्तो नदोहोरिने फुर्वा साङ्मो गुरुङ बताउँछिन् ।
हिउँचितुवाले विशेषगरी जाडो महिनामा किसानले पालेका घरपालुवा जनावर बढी मार्ने गर्छ। किसान दोर्जे छिरिङ गुरुङका अनुसार खोरभित्र पसेर हिउँचितुवाले एउटै किसानको एकै रातमा ३०-३५ वटासम्म च्याङ्ग्रा मारेको छ। समुदायमा आधारित पशु बीमाले एकातिर त्यस्ता किसानको घाउमा मलमपट्टी लगाउन सघाउने र अर्कातिर हिउँचितुवा जोगाउन पनि सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ।
आफूले पालेका जनावर मारेको बदलामा हिउँचितुवालाई पनि हानि पुर्याउने प्रवृत्तिलाई पशु बीमाले निरुत्साहित गर्ने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले ठानेका छन् ।
वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिकाअनुसार थोरै मात्र राहत पाइरहेका किसानले अब राहत र बीमाबाट बजार मूल्यकै हाराहारीमा रकम पाउनेछन्। पशु बीमाको लागि विश्व वन्यजन्तु कोष ‘डब्ल्यूडब्ल्यूएफ’ नेपालले एक करोड ६० लाख रुपैयाँको कोष स्थापना गरेको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए।
तीन वर्षसम्म हिउँचितुवाले क्षति नगरे आफूले प्रिमियमस्वरूप तिरेको रकम किसानले फिर्ता पाउनेछन्। हिउँचितुवा जोगाउन गठन गरिएका पाँचवटा संरक्षण समितिमार्फत् शे(फोक्सुन्डो राष्ट्रिय निकुञ्जले पशु बीमा कार्यक्रम कार्यान्वयन गरेको छ।
द्वन्द्व घटाउने र आयस्रोत जोगाउने
हिउँचितुवा संरक्षणमा लागि समुदायमा आधारित पशु बीमा कार्यक्रम निकै प्रभावकारी हुने आशा डब्ल्यूडब्ल्यूएफ नेपालले गरेको छ ।डब्ल्यूडब्ल्यूएफ नेपाल डोल्पामा कार्यरत चन्द्रजङ्ग हमाल पशु बीमाले किसान तथा हिउँचितुवाबीच विद्यमान द्वन्द्व घटाउन र किसानको आयआर्जनको स्रोत पनि जोगाउन सहयोग गर्ने विश्वास व्यक्त गर्छन्।
निकुञ्जका अनुसार समुदायले नै सञ्चालन र व्यस्थापन गरेको हुनाले किसानले बिनाझन्झट सहज रूपमा पशु बीमाको रकम पाउनेछन्।
अहिले राष्ट्रिय निकुञ्जमा हिउँचितुवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।
निकुञ्जले विभिन्न ठाउँमा ३०० वटा क्यामरा जडान गरेर हिउँचितुवा तथा अन्य दुर्लभ वन्यजन्तुको निगरानी गरिरहेको छ। दुईवटा हिउँचितुवामा ‘रेडियो कलर’ जडान गरेको निकुञ्जले आउँदो चैत्र महिनामा फेरि थप दुईवटा हिउँचितुवामा तिनको गतिविधि निगरानी गर्न रेडियो कलर जडान गर्न लागेको छ ।
पोहोरदेखि निकुञ्जले पशु बीमाको साथै चोरीसिकार नियन्त्रण, जनचेतनामूलक अभियानलगायतका काम थालेकोमा किसानहरू खुसी देखिन्छन्।चोरीसिकार नियन्त्रण गर्न कडाइ गरिएपछि पछिल्लो समय हिउँचितुवाको मुख्य आहारा मानिने नाउरजस्ता वन्यजन्तुको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि उनीहरू बताउँछन्। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर लिलामी खुल्यो
चैत १३, २०८० मंगलबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, एजेण्डा के हाे ?
चैत ६, २०८० मंगलबार
सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त
चैत १, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार