सोमबार यी तीन कम्पनीको शेयरमूल्य समायोजन
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:१६:३८
१२ माघ, काठमाडौं । नेप्सेमा आज (माघ १२ गते) सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सोमबार गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य समायोजन भएको हो।
सोमबार नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको नयाँ मूल्य ३२४ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस समायोजन पश्चातको मूल्य २१७ रुपैयाँ तोकिएको छ भने एनआरएन इन्फ्रास्टक्चरको २.८५ प्रतिशत बोनस समायोजन गरी ३६९ रुपैयाँ तोकिएको छ।
यी तीनै कम्पनीहरुको अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो। आइतबार गरिमाको ३६८ रुपैयाँ, एनआरएन इन्फ्रस्टक्चरको ३८० रुपैयाँ र सेन्ट्रल फाइनान्सको २३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
गरिमा बैंकले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, सेन्ट्रल फाइनान्सले माघ २३ गते, शुक्रबार, आफ्नो नयाँ कर्पोरेट भवन, कुपण्डोलमा दिनको ११ बजे २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
सभाले सञ्चालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ७ प्रतिशतले हुने रकम ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ १३ पैसा बोनस शेयर र ३ प्रतिशतले हुने रकम २ करोड ४७ लाख १ हजार ९ सय ३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यता, एनआरएन इन्फ्रास्टक्चरले हालको चुक्ता पूँजीको २.५८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।१५ प्रतिशत नगद लाभांश पारित गर्न माघ २५ गते बिहान ११ बजे अकामा होटल, सुकेधारामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार
मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा १५० कागतीका विरुवाको वृक्षारोपण
चैत १४, २०८० बुधबार
महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार