क्लियरिङ हाउस र थप १० बैंक तथा वित्तीय संस्थाबीच आरटीजीएस प्रणाली संचालन
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १६:२३:१९
१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकको रियलटाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।
ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै connectRTGS प्रणालीमा थपिएका छन् । यस अघि २५ वटा वाणिज्य बैंकहरूमा connectRTGS प्रणाली सञ्चालनमा आइसकेको छ ।
आरटीजीएस प्रणाली मार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा connectRTGS आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ । RTGS प्रणालीको पहुच सँगै विधुतिय कारोबारको आकर पनि उल्लेखय बृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार