दशलाल मण्डल अधिकार मञ्चको अध्यक्षमा पुनः निर्वाचित
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १८:१८:४७
१२ माघ, लहान । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अध्यक्ष पदमा दशलाल मण्डल पुनः निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डललाई चयन भएको छ । सदस्यमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान, सुमित्रादेवी खंग र सुनितादेवी सदा निर्वाचित भएको छ ।
लहानमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले राष्ट्रिय सम्मेलनले ११ बुँदे घोषणापत्र समेत जारी गरेको छ । हरवाचरवाका नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक मुक्तिको घोषणा गर्न, स्थानीय तहको नेतृत्वमा सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा हरवाचरवाको स्पष्ट तथ्याङ्क सङ्कलन गर्न, प्रमाणीकरण र परिचयपत्र वितरण गर्न, सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइसकेको सन्दर्भमा हरवाचरवालाई विशेष सवालका रुपमा प्राथमिकतामा राख्दै जिल्लास्तरीय आयोग तथा सहजीकरण समूहमा हरवा चरवाको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।
जमिन उपलब्ध गराउने व्यवस्था गर्न, हरवाचरवामाथि हुँदै आएको ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिस्वरुप हरवाचरवा परिवारले स्वतन्त्रतापूर्वक सम्मानजनक जिउनसक्ने गरी पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्दा काम, ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, दिगो जीविकोपार्जन र रोजगारीको सुनिश्चितता गर्न र हरवाचरवाको पुनःस्थापनाको प्याकेजसहित पर्याप्त भूमिको व्यवस्था गर्नलगायतका समेत माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार