कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राखिने
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १८:४२:७
१२ माघ, काठमाडौं । सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो ।
विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।
चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालू आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उनको भनाइ छ । उनले भने, “यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।”
सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी सवारी चाप भएका ठाउँमा बत्तीका कारण सवारीसाधन व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालू आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ ।
उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिए ।
ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । सो प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उहाँले जानकारी दिए ।
तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग ‘ जाइका’ ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार