ओलीको पार्टी धुले : नेपाल
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १९:११:२४
१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले राज्यसंयन्त्रको दुरुपयोग गरेपनि जनताले भने धुलो चटाइदिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भेला भएका प्रदेश नं. २ का अगुवा कार्यकर्तासँगको अन्तक्रिया कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगलाई प्रभावित पार्न खोजेपनि आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गरे ।
ओलीले दुईचार दिन त अल्मल्याउलान् तर, आधिकारिक हामी हो भन्ने घाम जस्तै छर्लङ्ग छ, त्यसैले भोलि धुलिसाँत हुने पार्टीमा कसैले विश्वास गर्नु भनेको ठूलो अपराध नै हो –प्रचण्डले भने । कार्यकर्ताले कुनै विश्वास नगरेकाले नै होला ओलीले बाटोमा हिंड्ने जो कोहीलाई पक्रेर केन्द्रीय सदस्य बनाउन थालेको भन्दै भोलि १० हजार मानिसलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अवस्था आउने भएकाले यस्ता धुले पार्टीमा गएर कार्यकर्ताहरुले आफ्नो भविष्य बर्वाद बनाउन नहुने उनको भनाई छ ।
ओलीले अहिले पदको लागि हामीले बार्गेनिङ गरेको भन्दा अचम्म लागेको भन्दै अध्यक्ष नेपालले पदको लोभी चाहिं उनै ओली रहेको आरोप लगाए । प्रधानमन्त्री पदसँगै सति जान चाहने ओलीले प्रतिगमन गरेका छन्, संविधानले दिंदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेका छन्, उनी पदलोलुप की हामी ? नेपालले प्रश्न गरे ।
यसअघि कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले आयोजना गर्न लागेको भनिएको काउण्टर ¥याली फगत् पञ्च¥याली जस्तै भएको बताएका थिए । पञ्चायतकालको अन्तिमतिर राजा र पञ्चहरुले पनि यस्तै ¥याली गर्थे, तर त्यसको कुनै अर्थ रहेन भन्दै प्रचण्डले माघ २३ गते गर्ने भनिएको ओलीको पञ्च¥यालीको कुनै अर्थ नरहने दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार