पीडितले न्याय नपाएको गुनासो
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार २२:३३:१५
१२ माघ, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ बस्ने मनोज अधिकारीले छिमेकीसँग जग्गाको विवादले उत्पन्न समस्याले आफू अन्यायमा परेको बताएको छ । आफू अन्यायमा पर्दा पनि प्रहरी प्रशासनसँग सहयोग माग्न जाँदा उल्टै आफ्नै गल्ती देखाएर हप्काउने गरेको पीडितले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
जग्गाको विवादमा छिमेकी युवराज कार्की र उनका घरका अन्य सबै सदस्य मिली आफूलाई ज्यान मार्ने गरी कुटपिट गरेको आरोप पीडितले लगाएका छन् । शरीरमा विभिन्न अङ्गमा गहिरो चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराएको जानकारी दिँदै पीडित अधिकारीले न्यायका लागि प्रहरी प्रशासनलाई गुहार माग्दा उल्टै आफूलाई नै हप्काएको र उजूरी पनि लिन नमानेकाले अन्यायमा परेको जानकारी दिए ।
न्यायका लागि सञ्चारकर्मीले पनि आवाज उठाइदिन आग्रह गर्दै पीडित अधिकारीले मरणासन्न हुने गरी कूटपिट गर्ने अपराधीहरुले मैले लगाएको रु दुई लाख ८० हजार मूल्य बराबरको सिक्री, रु १५ हजार मूल्यको टाइटन घडी र रु ४५ हजार मूल्यको मोबाइल पनि घटनामा हराएकाले यो घटना सुनियोजित तरिकाले गरेको अनुमान पीडित अधिकारीको छ । घटनामा संलग्न आपराधी पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै अन्यायमा परेकाले न्याय दिनु प्रहरी प्रशासनले आफ्नो कर्तव्य भुल्न नहुने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज सुन तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार