नेपाल पुलिस क्लबकाे अन्तिम चारमा स्थान सुरक्षित
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार २२:३६:४
१२ माघ, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । सोमबार प्रदेश २ माथि चार विकेटको जित दर्ता गर्दै विभागीय टोली समूह बीको उप-विजेताको हैसियतमा प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्यो । पराजित प्रदेश २ भने प्रतियोेगिताबाट यसअघि नै बाहिरिसकेको छ । समूह विजेताका रुपमा बागमती प्रदेशले पनि अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जित्दै फिल्डिङ रोजेको पुलिसले एक सय ७० रनको लक्ष्य पाएको थियो । जसलाई विजयी टोलीले ३८ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । तयसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । पुलिसका विकेटकिपर अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाए । अविजित रहेका साहले ६९ बलको सामना गर्दा ४ चौका प्रहार गरे । पुलिसका लागि ओपनर कुशल भुर्तेलको योगदान पनि महत्वपूर्ण रह्यो । उनले ५५ बलमा ३ चौका र १ छक्का सहित कुल ४३ रन बनाए ।
त्यस्तै, सुनिल धमलाले १३ रन जोडे भने अमित श्रेष्ठ र दीपेन्द्रसिंह ऐरी समान १७-१७ रन बनाए । पुलिसका अन्य ब्याट्सम्यानले उल्लेख्य स्कोर बनाउन सकेनन् । प्रदेश २ का लागि विवेक यादवले धारिलो ब्याटिङ गरे । उनले ६ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, कुमार थापाले पनि तीन विकेट नै हात पारे ।
पहिलो ब्याटिङ गरेको प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले अर्धशतक प्रहार गरे । उनले ८४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५३ रन बनाए । अर्का ओपनर हिमांशु दत्त १६ रन बनाएर पभेलियन फर्के । तल्लो क्रमका आदिल अन्सारीले १५ रनको योगदान गर्दा कप्तान सुरज कुर्मी १३ रनमा सिमित भए । त्यस्तै, रवी सिंह र विशाल सुस्लिङले समान १२-१२ रन बनाए ।
पुलिसका लागि ललित नारायण राजवंशीले ३७ रन खर्चेर ४ विकेट लिए भने सागर ढकालले १० ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । विजय टिमका लागि पवन सरार्फले १ विकेट हात पारे ।
अब सेमिफाइनलमा समूह बी विजेता लुम्बिनीले समूह ए को उप-विजेताको सामना गर्नेछ भने पुलिसले विजेतासँग भिड्नेछ । समूह ए बाट शसस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । उनीहरुबीच कुन टिम समुह विजेता र उप-विजेता हुने भन्ने सोमबार नै टुङ्गो लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार