नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार २३:३६:५२
१२ माघ, काठमाडौं । हरेक दिन नयाँ–नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ ।
नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ ।
नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर रु आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल रु ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ ।
आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६, सामूहिक लगानी कोष ०.०५ ले उकालो लाग्दा होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन ४९.६ र जीवन बीमा ८८.५८ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ६० करोड ३७ लाख ४० हजार ७१९ बराबरको कारोबार भयो । यसैगरी नबिल बैंक रु ३३ करोड १७ लाख तीन हजार ५७९, एनसीसी बैंक रु ३१ करोड ३५ लाख ६१ हजार ९७१, एनआइसी एशिया बैंक रु २९ करोड ७६ लाख ४१ हजार ५३३, नेपाल बैंक लिमिटेड रु २८ करोड ६० लाख ८९ हजार ७४६, नेपाल पुनबीमा कम्पनी रु २३ करोड सात लाख ५० हजार २८५, कुमारी बैंक रु २२ करोड ४३ लाख ९१ हजार ५४, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ४२ लाख ५४ हजार ७३१ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु १७ करोड ५५ लाख तीन हजार ६७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर उकालो लाग्दा १०७ कम्पनीको ओरालो लाग्यो भने पाँच कम्पनीको कुनै परिवर्तन भएन । कारोबारका आधारमा आज नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लाग्यो । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । गुराँस लघुवित्त ९।९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६, राष्ट्रिय बीमा कम्पनी ७.८१ र एनआरएन इन्फास्चरका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाए ।
यसैगरी श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रागेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५, सपोर्ट माइक्रोफाइनान्स ४.४३, सबैको लघुवित्त ४.३९ र वेस्ट फाइनान्सका लगानीकर्ताले ३.८९ प्रतिशतले गमुाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार