आइतबार , फागुण २३, २०७७

गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी

गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी

१२ माघ, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाले पटमारा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सो वडामा बर्थिङ सेन्टर नहुँदा यहाँका गर्भवती सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भ जाँच गर्न बाध्य थिए । वडामै बर्थिङ सेन्टर सञ्चालन भएसँगै स्थानीय गर्भवतीलाई स्वास्थ्य जाँच गर्न सजिलो हुने भएको छ ।

घरमै हुने सुत्केरी र बालमृत्युको दर घटाउन बर्थिङ सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय गर्भवती बाहिर सुत्केरी गराउन जानुपर्ने समस्या हटेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वास्थ्य संस्थासम्म प्रसूति गराउन आउने महिलालाई राज्यले यातायात खर्चबापत हिमाली जिल्लामा रु तीन हजार र नियमित चारपटक जाँच गराएबापत थप रु ८०० उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष बोहोराले जानकारी दिए।

गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि यहाँका महिला खुशी भएको स्थानीयवासी माया खड्काले बताइन । सुरक्षित सुत्केरी गराउने ठाउँ भएपछि घरमा सुत्केरी गराउने चलनमा कमी आउने उनको भनाइ छ ।

सुरक्षित प्रसूति सेवा गर्नेदेखि ग्रामीण क्षेत्रका गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माउनका लागि गाउँपालिकाले वडामै बर्थिङ सेन्टर सञ्चालन गरेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथापाले बताए। गाउँपालिकाभर तीनवटा स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालन छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय