दैलेख र कालीकोट सडक सञ्जालमा जोडिए
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १७:४८:२५
१३ माघ, मान्म । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालले जोडिएको हो । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुङ्गेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका–६ को मेहेले लेक, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै नेपालको उत्तरी नाका चीनसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । सो सडकखण्डको पहिलो चरणअन्तर्गत कालीकोट सीमासम्म सडक निर्माण भएको दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।
“दैलेखको तल्लो डुङ्गेश्वरबाट कालीकोटको सेरी पान्तडीको कर्णाली राजमार्गमा गएर यो सडक जोडिने छ”, उनले भने, “५६ किलोमिटर लम्वाइ रहेको यो सडक निर्माण भए नेपालको उत्तरी सीमा चीन जोडिनका लागि छोटो सडक सञ्जाल हुनेछ ।”
दैलेख सडकखण्डको काम पूरा भएर कालीकोटको सीमासम्म सडक सञ्जाल छोइसकेको कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इंले बताए । “कालीकोट सडकखण्डको निर्माणका लागि ठेक्का भइसकेको छ”, उनले भने, “वैशाखसम्म यो सडकखण्डको पूर्ण ट्र्याक खुल्नेछ ।” सडक निर्माणले सुर्खेत वीरेन्द्रनगरबाट मुगुको रारा ताल, जुम्ला पुग्नका लागि उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग हुने दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए । “यो पुरानो बाटो हिँड्ने मार्ग पनि हो”, उनले भने, “यही बाटो भएर दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्लाका बासिन्दाले सुर्खेत वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जसम्म जाने गरेका थिए ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार