हुम्लामा माघ १५ गतेबाट विद्यालय सञ्चालन हुने
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १८:४०:३
१३ माघ, सिमकोट । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन । ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।
गाउँ कार्यपालिकाले विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाका कार्यालयले सबै विद्यालयलाई पठनपाठनको तयारी गर्न पत्राचार गरिसकेको उनले बताए । कोरोना सङ्क्रमण विरुद्धका सामग्री भने गाउँपाकिलाले सहयोग गर्ने भएको छ ।
कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । अन्य सबै काम गर्न हुने तर विद्यालय बन्द गरिरहनु उपयुक्त नदेखिएको कारण पठनपाठन सुचारु गर्ने निर्णय भएको होे ।
यता सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेबाट पठनपाठन सुचारु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले अब पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएको बेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय स्वागतयोग्य भएको अविभावकको भनाइ छ ।
यो समय हुम्लाका विद्यालयमा हिँउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भएदेखि नै पठनपाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएको होे ।
सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ विद्यालय रहेका छन् । पठनपाठन सुचारु हुने विद्यालयलाई सेनिटाइटर र मास्कको व्यवस्था पनि गरिने भएको छ । गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठनपाठन शुरु भएको भए पनि कोरोना सङ्क्रमित देखिएपछि बन्द भएका थिए । यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ विद्यालयमा पठनपाठन सुचारु भइसकेको छ । अब नाम्खा, खार्पुनाथ, चङ्खेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठनपाठन हुन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार