एक सातामा वाणिज्य बैंकको निक्षेप १० अर्बले घट्यो
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १८:५४:४८
१३ माघ, काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले घटेको छ । गत माघ २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
माघको दोस्रो साता आइपुग्दा वाणिज्य बैंकको निक्षेप संकलन ३७ खर्ब ६९ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अधिल्लो साताको तुलनामा घटेको हो ।
नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार माघ २ गतेदेखि ९ गतेसम्म अर्थात् एक सातामा १८ वटा वाणिज्य बैंकले निक्षेप घटाएका छन् । जसमा सबैभन्दा बढी प्रभु बैंकले १ अर्ब ९६ करोड रुपैयाँ, सिभिल बैंकले १९ करोड रुपैयाँले घटाएका हुन् । सो अवधिमा ९ वटा वाणिज्य बैंकले भने निक्षेप संकलन ९ करोड रुपैयाँदेखि १ अर्ब ८१ करोड रुपैयाँले बढाएका छन् ।
सातामा निक्षेप घटाउने बैंकहरु
बैंकर्स संघद्वारा उपलब्ध तथ्यांक अनुसार १८ वटा वाणिज्य बैंकले निक्षेप घटाएका छन् । जसमा ८ वटा बैंकले १ अर्ब रुपैयाँदेखि १ अर्ब ९६ करोड रुपैयाँसम्म र १० वटा बैंकले १९ करोड रुपैयाँदेखि ९८ करोड रुपैयाँसम्म निक्षेप घटाएका हुन् ।
सो अवधिमा सबैभन्दा बढी प्रभु बैंक र नेपाल एसबीआइ बैंकले १ अर्ब ९६ करोड रुपैयाँले निक्षेप घटाएका छन् । साथै, कुमारी बैंकले १ अर्ब ८५ करोड रुपैयाँ र हिमालय बैंकले १ अर्ब ५२ करोड रुपैयाँले निक्षेप घटाएका छन् ।
माघको २ गतेको निक्षेपमा माघ ९ गतेसम्म एनसीसी बैंकले १ अर्ब ४२ करोड रुपैयाँले, स्ट्याण्डर्ट चार्डर्ड बैंकले १ अर्ब २७ करोड रुपौयाँले, नेपाल बैंकले १ अर्ब १२ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ४ करोड रुपैयाँले निक्षेप संकलन घटाएका छन् ।
यसैगरी, सो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ९८ करोड रुपैयाँले, माछापुच्छे बैंकले ७२ करोड रुपैयाँले, सनराइज बैंकले ५९ करोड रुपैयाँ र सेञ्चुरी बैंकले ५४ करोड रुपैयाँले निक्षेप घटाएका छन् ।
साथै, लक्ष्मी बैंकले ४९ करोड रुपैयाँले, एनएमबी बैंकले ४७ करोड रुपैयाँले, नबिल बैंकले ३४ करोड रुपैयाँले सिटिजन्स बैंकले २९ करोड रुपैयाँले, नेपाल बंगलादेश बैंकले २६ करोड रुपैयाँले र सिभिल बैंकले १९ करोड रुपैयाँले माघको पहिलो सातामा निक्षेप घटाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार