ओलीको कदमबारे दुई लाइन धार:- कांग्रेसले आज के गर्ला ?
कुसुम सेञ्चुरी
माघ १३, २०७७ मंगलबार १९:२३:५१
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशव्यापी रुपमै आन्दोलनको बहार छाएको छ । ओलीको कदम असंवैधानिक हो भनेर सर्वाेच्च अदालतदेखि सबैखाले प्लेटफर्ममा विरोधको स्वर चर्केको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चाहिं ओली कदमबारे दुई लाइन चलेको छ ।
यसैबीच आज नेपाली कांग्रेसको स्थगित केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले ओली सरकारविरुद्ध सशक्त कार्यक्रम घोषणा गर्ने आम अपेक्षा छ । वरिष्ठ नेता रामचन्द्र पौडेललगायत महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासमेत ओलीविरुद्ध बलियो मोर्चा बनाउने पक्षमा देखिएका छन् ।
अहिलेको परिबेशमा विभाजित नेकपाको कुन खेमासँग मिलेर अगाडि बढ्ने भन्ने विषय नै पेचिलो बनेको छ । सभापति शेरबहादुर देउवा सकेसम्म ओलीसँगको सहयात्रा फलदायी हुने ठान्छन् । तर बहुमत सदस्य भने ओलीसँगको सहकार्य अप्राकृतिक र आत्मघाती हुने पक्षमा देखिएका छन् । स्वयं देउवा पक्षीय नेताहरुसमेत ओलीसँगको हिमचिमले राजनीतिक क्षति पुग्ने धारणा राखिरहेका छन् । यो परिवेशमा आजको बैठकले लिने निर्णय महत्वपूर्ण हुने देखिन्छ ।
निर्वाचन आयोगले सत्तारुढ नेकपा औपचारिक रुपमा विभाजित भएको मानेन । जसले गर्दा यो विवाद थप पेचिलो बन्न थालेको छ । यद्यपि चुनाव वा पुनस्थापनाको मुद्धा टुंगिएपछि भने आयोगले एउटा ठोस निर्णय नगरी सुखै छैन ।
नेकपा औपचारिक रुपमा विभाजित नभएपनि राजनीतिक रुपमा भने अब मिल्ने अवस्थामा छैन । त्यसैले एउटा पक्षसँग मिलेरै कांग्रेसले अहिलेको समस्याबाट निकास खोज्नैपर्छ । त्यसमा देउवा पक्ष वा असन्तुष्ट पक्षको आवाजले मूर्तता पाउने हो त्यसको छिनोफानो आज गर्नैपर्ने वाध्यता आइपरेको छ ।
गत पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै पुष ७ गते सुरु भएको कार्यसमिति बैठक लामो समय अवरुद्ध भयो । पुष १० गते आन्दोलन गर्ने निर्णय गरेपछि स्थगित भएको बैठक पुष १९ गते बसेको थियो । त्यही बैठकको निरन्तरता हो आजको बैठक ।
आजको बैठकले ओली सरकार विरुद्ध थप आन्दोलनको कार्यक्रम ल्याउन देउवा वाहेक सबै एकमत देखिएका छन् । यद्यपि देउवा भने अझै पनि ओलीसँगै मिलेर प्रदेशदेखि सबै तहमा गठबन्धन बनाउने पक्षमा अडिग नै रहेका छन् । त्यसैले आजको बैठकले कस्तो निर्णय लेला धेरैले जिज्ञासाका साथ प्रतिक्षा गरिरहेका छन् । बैठक अहिले १ बजेका लागि तय भएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार