कोरोना संक्रमणका कारण माने पर्वको रौनक साँघुरिए
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २०:४३:१९
१३ माघ, हुम्ला । हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाले मनाइने माने पर्वको रौनक यस पटक भने कोरोना भाइरस संक्रमणका कारण साँघुरिएको छ ।
हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो पौराणिक तथा ऐतिहासिक उत्पत्तिकाल र सन्र्दभलाई विभिन्न प्रकारका नाचहरुको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त दृष्य माध्यम पनि हो ।
हुम्ला जिल्लामा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको आ–आफ्नै जातियभित्रको उपजाति रहेको छ । तीमध्ये लिम्या, हिल्जोदुन, टुक्टुलुङ न्हिवा र चाँवा प्रमुख छन् । यी समूहभित्र पनि आफू आफू माथिल्लो तह र रैथाने भन्ने मतमतान्तर रहेको जानकारी हुम्ली तिब्बतीयन अध्येयता छेवाङ लामाले दिए ।
प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक कुराको समयोजन गर्ने गराउने यो एक अति महत्वपूर्ण हिउँदे पर्व हो । यसले युद्धको विभिषिकादेखि सामाजिक आचारविचार र मौसमी पात्राको रुपमा व्याख्या र विश्लेषण गर्ने गरेको छ । यस पर्वमा भोट साम्राज्यका पौराणिक तथा ऐतिहासिक ग्याल्बु नोर्जांङ र गेशरको महिमा गाइने गरिन्छ । विभिन्न पक्ष र नक्षेत्र मिलाएर विभिन्न समयमा मनाइने यो पर्व यही माघ शुक्ल पक्षका दिनमा हेप्का, गाडपारी, बुराउँसे र दोजाममा खेलिन्छ ।
यो पर्वमा विभिन्न प्रकारका खराब आत्मलाई टाढाटाढा भगाउनेदेखि गाउँको सुरक्षा कवचको रुपमा मानिने काङ्नी गुम्बाबाट शुरु गरेर गाउँको सामूहिक तथा सामुदायिकस्थलमा खेल्ने, गीत गाउने तथा नाच प्रदर्शन गर्ने गरिन्छ । यसमा टाढाटाढा तथा छिमेकी गाउँबाट आएका मितमितेरी तथा इष्टकटुम्बलाई सम्मान र सौगातका साथ खुवाउनेपियाउने गरिने हेक्पा गाउँका युवा रामसिंह लामाले बताए ।
विभिन्न गाउँमा विभिन्न जातीय महत्व बोकेको माने नाच ऐतिहासिक आभूषण तथा बस्त्र प्रदर्शन गर्ने गराउने एक उपयुक्त दिन पनि हो । हुम्लाका यस्ता जातीय तथा समाजशास्त्रीय महत्व बोकेका सम्पदा र निधिले हुम्ला सम्पन्न भए पनि खोजी हुन नसक्नुलाई यहाँको चुनौती र समस्या पनि मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार